प्रतिगमन विरुद्ध दमौलीमा एमालेको बृहत जनप्रर्दशन

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २९

प्रतिगमनको विरोध तथा संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै नेकपा एमालेले शनिबार दमौलीमा शक्ति प्रदर्शन गरेको छ । संसद् विघटन र सरकार गठनलाई ‘प्रतिगामी षडयन्त्र’ भन्दै एमालेले जनपरिचालनसहित सदरमुकाम दमौलीमा बृहत ¥याली र जनसभा गरेको हो । ¥यालीमा १० वटै पालिकाबाट आएका हजारौं कार्यकर्ताहरु सहभागी भएको एमाले तनहुँका अध्यक्ष हरिारज कडेंलले बताए ।

¥यालीपछि आयोजित जागरणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट्व्युरो सदस्य टुकराज सिग्दलेले लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र सहित देशी बिदेशी तत्वले भदौ २४ को बिध्वंस मच्चाएको बताए । उनले नेकपा एमालेले देशको संकटलाई पार लगाउने बताए ।षडयन्त्रकारीलाई लागेको थियो पार्टी कार्यालय जलाएपछि एमाले सकिन्छ । घर जलाइपछि नेता कार्यकर्ता सकिन्छन् । तर अहिले मैदानमा एमाले मात्र रहेको सिग्देलले बताए ।

एमालेका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री पदम गिरीले सरकारले चुनावको वातावरण नबनाएको बताए । मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले सङ्घर्षमा आएको भन्दै गिरीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको भन्दै असंवैधानिक भएको जिकिर बताए । प्रतिनिधि सभा पुनस्र्थापना विकल्प नभएको उनको भनाई थियो । उनले राष्ट्रियताको बारेमा शिर ठाडो पारेर अविचलित रूपमा सरकार अगाडि बढेपछि पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको उनले बताए । उनले संसद पुनस्थापना गरेर जेनजी पुस्ताको माग सम्बोधन गर्नुपर्ने बताए ।

नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा भएको उक्त सभामा केन्द्रीय सदस्य सविता रसाईली, केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटिका सचिवालय सदस्य रामबहादुर गुरुङ, भिमाद नगर कमिटिका अध्यक्ष इमानबहादुर थापा, अनेरास्ववियुका जिल्ला संयोजक आशिष पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन एमाले जिल्ला सचिव प्रदिपराज अधिकारीले र स्वागत मन्तव्य उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।

एमालेले वर्तमान असंबैधानिक सरकारको विस्थापन, प्रतिनिधि सभाको पुनस्थापना तथा भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा एमाले कार्यकर्ताहरुले हत्या, हिंसा, आतंक बन्द गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, शान्ति सुरक्षाको प्रत्याभूति गर्न, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर्न, कानुनी राज्यको प्रत्याभूति गर, प्रतिनिधि सभा पुनः स्थापना गर्न, भदौ २३ र २४ को अपराधिक घटनामा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरेका थिए । यस अघि एमालेले कार्तिक २२ गते देशभरका वडामा तथा भदौ २५ गते देशभरका पालिकाका जनजागरण सभा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका