तनहुँ । मंसिर २
व्यास नगरपालिकाले स्विकृत दरबन्दी बाहिरका कर्मचारीको तलब भत्ता मंसिर १ गतेदेखी निकाशा नगर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सोमबार सुचना प्रकाशन गरि स्विकृत दरबन्दी बाहिरका कर्मचारीको मंसिर १ गतेदेखीको तलबभत्ता निकाशा नगर्ने जानकारी गराएका हुन् ।



नगरपालिकाको २२५ औं नगर कार्यपालिका बैठकले व्यास नगरपालिका अन्तर्गतका संगठन संरचनामा रहेका अस्थायी, करार कर्मचारीको दरबन्दी र मितव्ययीता सम्बन्धमा अध्ययन समितिले तयार गरेको प्रतिवेदन सुशासन समितिले पारित गरी समिति मार्फत बैठकमा पेश गरि छलफल गरेको थियो ।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ आउनु पूर्व नियुक्त भएका कर्मचारीहरु, विभिन्न कार्यालयबाट समायोजन भई आएका करार सेवाका कर्मचारीहरु र नगरसभाले स्वीकृत गरेको दरबन्दी बमोजिमका र आन्तरिक स्रोतका कर्मचारीहरु गरी ११४ जना चौथो तह भन्दा माथिको दरबन्दी बाहिरका कर्मचारी रहेको यस अघि गरिएको संगठन संरचना स्वीकृत हुन बाँकी रहेको यस अघिको महालेखाको लेखापरीक्षण प्रतिवेदन समेतको अध्ययन, संघीय र प्रदेश ऐन समेतको प्रावधानको व्यवस्था एवं हालका जनप्रतिनिधि आउनु अघिनै नियुक्तभएका लामो समयसम्म कार्यरत कर्मचारीहरु समेत कार्यरत रहेको अवस्थामा विद्यमान संघीय सरकारको निर्देशनलाई मध्यनजर दिई राजीनामा दिइ अलग हुन चाहाने कर्मचारीलाई यस नगरपालिकाको करार कर्मचारीलाई उपलब्ध गराइने सुविधा सम्बन्धी कार्यविधि बमोजिमको सुबिधा उपलब्ध गराउने, सामी, भूमीशाखा, बालकल्याण, रूप, प्रधानमन्त्री रोजगार र जिसस तर्फवाट आएका र शुन्य सुत्केरी दर भएका स्वास्थ्य संस्थाका कर्मचारीलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने’ निर्णय गरेको थियो ।
बैठकले आगामी नगरसभाबाट अनुमोदन हुने गरी अत्यावश्यक शाखा र वडामा प्रशासन सहायकको चौथो दरबन्दी परिवर्तन गरी कम्युटर अपरेटरको दरबन्दी कायम गर्ने अब आइन्दा अत्यावश्यक बाहेकको दरबन्दी सुजना नगर्ने, सबै पदहरुमा रिक्त रहेका स्वीकृत सबै तहको दरबन्दीमा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगसँग माग गर्ने र अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक कानून बमोजिम स्वीकृत हुन सक्ने गरी संगठन संरचना सम्बन्धी सर्वेक्षण प्रतिवेदन–२०८२, र भित्र पेश गर्न कार्यालयलाई निर्देशन दिने र आगामी नगरसभाबाट प्रतिवेदन बमोजिमको आवश्यक निर्णय लिने निर्णय गरेको थियो ।

नेपाल सरकार अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मन्त्रिपरिषद २०८२ असोज ५ गतेको निर्णयले स्थानीय तहमा स्वीकृत दरबन्दी भन्दा बाहेकका अस्थायी र करार कर्मचारी हटाउन, अनुत्पादक खर्च कटौती गर्न, आयोजनाहरुको पुनप्र्राथामिकीकरण गर्न र मितव्ययिता कायम गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको थियो ।
यसैविषयमा व्यास नगरपालिकाको गत असोज २२ को कार्यपालिका बैठकले सबै विषय सम्वन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरी समितिले पेश गरेको प्रतिवेदन सुशासन समितिबाट पारित भई नगर कार्यपालिकामा पेश भएकोमा स्वीकृत दरबन्दी भन्दा बाहिरका कर्मचारी राजीनामा दिई अलग हुन चाहेमा यस नगरपालिकाको करार सेवाका कर्मचारी प्रोत्साहन सम्बन्धी कार्यविधि २०८० बमोजिमको सुविधा उपलब्ध गराउने र सामी, भूमी शाखा, बालकल्याण, प्रधानमन्त्री रोजगार र जिसस तर्फबाट आएका शुन्य सुत्केरी दर भएका स्वास्थ्य संस्थाका कर्मचारीलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने भनी निर्णय गरेको थियो ।

सोही अनुसार २०८२ मंसिर १ गतेदेखी लागू हुने गरी नगरपालिका अन्तरगत रहेका यस्ता कर्मचारीहरुलाई मार्ग प्रशस्त गर्न जानकारी गराई संघीय मन्त्रिपरिद र नगर कार्यपालिका बैठकको निर्णय/अर्थ मन्त्रालयको मिति असोज ७ गतेको पत्र, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति असोज ८ गतेको पत्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्तिक १६ गतेको पत्रलाई उल्लेख गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुनः कार्तिक २१ गते प्रेषित परिपत्रको अवहेलना गरी स्वीकृत दरबन्दी बाहेकमा अस्थायी र करार कर्मचारीलाई निरन्तरता दिएको भन्ने सम्बन्धमा परेको उजुरी भनी लेखिएको पत्र र विगत लामो समयदेखी महालेखाले यस्ता कर्मचारी हटाई सुधार गर्न दिएको सुझाव लगायत सबै निर्णय/परिपत्र/सुझावहरुको कार्यान्वयनमा सघाउ पु¥याउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले त्यस्ता कर्मचारीहरुलाई अनुरोध गरेका छन् ।












