शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन आयोगको सरकारलाई आयोगको निर्देशन

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर ४

शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोग नेपाल सरकारलाई निर्देशन दिएको छ ।

आयोगले विहिबार विज्ञप्ती जारी गरी बाराको सिमरामा २०८२ मंसिर ३ गते नेकपा एमालेका कार्यकर्ता र जेन्जी समूहका बिच भएको घटना र सोपश्चात् उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले उक्त घटनाको अनुगमन गरिरहेको समेत विज्ञप्तीमा उल्लेख छ ।

एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले मंसिर ३ गते बुधबार बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय पूर्व निर्धारित कार्यक्रममा भाग लिन सो पार्टीका केन्द्रीय नेताहरू सिमरा जान लागेको र स्थानीय जेन्जी समूहका संयोजकले मंसिर २ र ३ गते फेसबुकमार्फत गरेको आव्हानपछि सोही समयमा भदौ २३ र २४ गतेका मृतक तथा घाइतेहरुले न्याय नपाएको विषयमा सरकारलाई सचेत गराउने भन्दै बिहान करिब साढे १० बजे जेन्जी युवाहरू सिमरा चोकमा जम्मा भएकोमा आयोगले जनाएको छ ।

सो स्थानमा नेकपा एमालेका कार्यकर्ता पुगेपछि दुई पक्ष बिच विवाद भई असामान्य परिस्थिति सिर्जना हुँदा पाँच जना युवा घाइते भएको देखिएको विज्ञप्तीमा उल्लेख छ । त्यसपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको पाइएको आयोगले जनाएको छ ।

घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ । देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन आयोगले आग्रह गरेको छ ।

यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाहरु बिच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जाने आयोगले स्मरण गरेको छ । साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत सम्बन्धित सबैमा आग्रह गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय