बन्दीपुर अस्पतालको सेवा बिस्तारः मंसिर ११ गतेदेखी डुम्रेबाट ओपिडि सेवा सुरु हुने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ६

बन्दीपुर अस्पतालको सेवा विस्तार भएको छ । डुम्रेमा खोलिएको अस्पतालको शाखाबाट आगामी मंसिर ११ गतेबाट ओपिडिसेवा सुरु हुने बन्दीपुर अस्पतालले जनाएको छ ।

बन्दीपुर गाउँ कार्यपालिकाको गत कार्तिक २६ गतेको बैठकले ‘बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालको श्रोत साधन तथा जनशक्तिद्वारा बन्दीपुर गाउँपालिका वडा नम्बर ४ डुम्रे स्थित बन्दीपुर अस्पतालको सेवा विस्तार शाखा मार्फत मिति २०८२ मङ्सिर महिनादेखि ओपिडी. सेवा विस्तार गर्ने निर्णय’ भएको थियो ।

सोही निर्णय अनुसार बन्दीपुर गाउँपालिकाले गत मंसिर २ गते उक्त निर्णय कार्यान्वयन गर्न बन्दीपुर अस्पताललाई पत्राचार गरेको थियो । गाउँपालिकाको निर्णय र निर्देशन अनुसार अव मंसिर ११ गतेदेखी डुम्रेबाट बन्दीपुर अस्पतालको ओपिडिसेवा सुरु गरिने बन्दीपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.अनिल गिरीले बताए ।

साथै केही महिना देखि बन्दीपुर अस्पतालमा रहेको औषधि अभाबको स्थिती पनि अबको साता देखि सम्बोधन/समाधान/उपलब्ध हुने डा.गिरीले बताए । हालसम्मको यो अभाबको विषम परिस्थिति प्रती पुन क्षमायाचना माग्दै अबको साताबाट नियमित सेवन गर्ने औषधि लगायतको अभाबको स्थिती आउन नदिने उनले प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

बन्दीपुर अस्पतालमा स्थायी २८ जनाको दरबन्दीमा हाल २३ जना कार्यरत रहेको र बन्दीपुर अस्पतालको सेवा बिस्तार शाखाका लागि समेत थप दरबन्दीको १७ जनामा हाल ११ जना कार्यरत रहनुभएको डा.गिरीले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार डुम्रे बजार बन्दीपुर अस्पतालको सेवा प्रदान गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय