महेन्द्र शालिक रहेको उद्यान संरक्षण र व्यवस्थापनमा राप्रपाको चासो

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ८

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले व्यास नपा–३ स्थित जिल्ला समन्वय समितिको परिसरमा रहेको स्व.राजा महेन्द्रको शालिक रहेको उद्यानको संरक्षण र व्यवस्थापनमा चासो देखाएको छ । सोमबार व्यास नगरपालिकामा ज्ञानपपत्र बुझाउँदै राप्रपा तनहुँले उक्त पार्क संरक्षणमा चासो देखाउँदै पार्क व्यवस्थापनको जिम्मा दिन माग गरेको छ ।

यसअघि करिब एक दशकदेखि एकजना फलफूल व्यवसायीलाई उक्त नर्सरीको रूपमा सन्चालन गर्न दिँदा उक्त उद्यानको सौन्दर्यतामा वृद्धि हुनुको साटो झन् कुरुप र विकृत अवस्थामा रहेको भन्दै राप्रपाले उक्त पार्कलाई सुव्यवस्थित र आकर्षक तरिकाले सन्चालन गर्नु आजको माग भएको जनाएको छ ।

उक्त उद्यानलाई सामुहिक अपनत्व हुनेगरी सन्चालन गर्न त्यहाँबा एक व्यवसायीले सन्चालन गरेको फलफूल नर्सरी हटाउन र सुव्यवस्थित तरिकाले सन्चालन गर्ने जिम्मा दिन माग गर्दै गत भदौ १८ गते नगर प्रमुखलाई ज्ञापनपत्र बुझाईसकेको राप्रपाले स्मरण गरेको छ । सो माग अनुरुप त्यहाँबाट नर्सरी व्यवसायीलाई अन्यत्र स्थानान्तरण गर्ने कार्य सम्पन्न भैसकेकोले धन्यवाद व्यक्त गर्दै तनहुँ जिल्लाको ऐतिहासिक महत्व र इतिहास बोकेको यस उद्यानको सरसफाई र सौन्दर्यकरणका लागि कतै न कतै वा कुनै न कुनै व्यक्ति वा समुहको अगुवाइबाट यसको रेखदेख वा संरक्षण गरिनुपर्ने अत्यावश्यक रहेको जनाईएको छ ।

त्यसैले यसका वारेमा चासो लिई अहिलेको अवस्थामा ल्याउन अग्रणी भूमिका निर्वाह गरेको हुँदा आगामी दिनका लागि पनि व्यवस्थित तरिकाले उद्यान सन्चालन गर्ने जिम्मा दिन राप्रपाले माग गरेको छ । आफुहरुले जिम्मेबारी पाए उक्त उद्यानलाई आकर्षक र दर्शनीय स्थलको रूपमा परिणत गराउने भन्दै यस विषयमा आवश्यक पर्ने सिफारिस जिल्ला समन्वय समिति समक्ष गरिदिनुहुन पनि माग गरिएको छ ।

राप्रपाले उक्त उद्यानको नाम स्व.राजा महेन्द्र स्मृति उद्यान राख्ने प्रस्ताव गरेको छ । उद्यानको संरक्षक व्यास नगरपालिका रहने तथा सन्चालनको लागि नगरपालिका र राप्रपा जिल्ला समिति समक्ष करारनामा गर्ने प्रस्ताव गरेको छ । उद्यानलाई कलात्मक डिजाइनमा पुनर्निर्माण गरि अन्य प्राविधिक तथा नागरिक सुझवलाई पनि ध्यान दिइने, पुराना विरुवालाई छाँटकाँट गरि नयाँ विरुवाहरु थप गरि टुटफुट भएका संरचनालाई मर्मत सम्भार गरिने प्रस्ताव गरेको राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको