हनुमानको मुर्ती निर्माणको तयारीको लागि चतराधामको भ्रमण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, मंसिर २४

देवघाट गाउँपालिका–५ मा नेपालकै ठुलो हनुमान मुर्ती निर्माणको तयारीको क्रममा मुर्ती निर्माण समिति र प्राविधिकको टोलीले सुनसरीको चतराधामको भ्रमण गरि त्यहाँ निर्माण गरिएको हनुमानको मुर्तीको अवलोकन गरेका छन् ।

मुर्ती निर्माणको डिपिआर तयारीकै क्रममा रहेको हुँदा प्राविधिक सहितको टोलीले चतराधाममा निर्माण गरिएको हनुमानको मुर्तीको अवलोकन र छलफल गरिएको मुर्ती निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

देवघाटमा बनाउन लागिएको हनुमानको मुर्ती नेपालकै ठुलो हुने न्यौपानेले दाबी गरे । मन्दिर सहितको हनुमानको मुर्ती निर्माण गरिने स्थान मधुवन सामुदायिक वन क्षेत्र भित्र पर्ने हुँदा मधुबन सामुदायिक वनले समेत यसलाई आफ्नो वार्षिक कार्ययोजनामा राखिएको मुर्ती निर्माण समितिका कोषाध्यक्ष एवम् मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अध्यक्ष डिल्लीराम गिरीले बताए ।

मधुवन सामुदायिक वन भित्र रहेको सीता पाइला, रानीपोखरी, सातभाई चिहान जस्ता पुराना र ऐतिहासिक ठाउँहरुलाइ संरक्षण गर्दै हनुमान मन्दिर निर्माण गरि यस क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने गिरीले बताए ।

आमोदीनाथ हनुमानधाम तपस्थली मन्दिर २०४८ साल देखि नारानचारी बाबा (फलारी बाबा) ले तपस्या गर्दै आएको र उनै नारानचारी बाबा ८ वर्ष त्यही बसी घनघोल जङ्गलमा जङ्गली जनवारको डर नमानी अन्न समेत नखाइ फलफुल मात्र सेवन गरि तपस्या गरेको निर्माण समितिका अध्यक्ष न्यौपानेले बताए । उक्त तपस्या देखेर नारानचारी बाबाको सपनामा नारायण भगवान आइ ‘तपाँईको तपस्या देखेर म प्रसन्न भए’ तपाँईको साविक ४ मा अत्यन्त हावा चल्ने र जनजिवन स्तर कम भएको छ यहि ठाउँमा पवनपुत्र हनुमानको मुर्ती बनाई पुजाआराधना गरे हावा कम चल्ने र जनजिवन स्तर बढ्नेछ भनेको न्यौपानेले बताए ।

नारानचारी बाबालाई सपनामा भगवानले उक्त कुरा भनेपछि तपस्या गरेको १० वर्ष पछि नारानचारी बाबाले स्थानिय समुदायमा यी कुरा भने पछि स्थानिय बासिन्दाहरुले उक्त स्थानमा स्थानिय स्रोत साधन माटो ढुङ्गा काठ प्रयोग गरि पुजा आराधाना गरे पछि हावा कम चलेको र जनजिवन सहज भएको न्यौपानेले बताए । त्यसपछि नारानचारी बाबा देवघाट झरेपछि समय समयमा त्यहा गई पुजा आराधाना गर्दै गरेको र पछि नारानचारी बाबाको मृत्यु भएपछि त्यस ऐतिहासिक मन्दिरको महत्व जोगाउन त्यस स्थानमा मन्दिर सहितको हनुमानको मुर्ती निर्माण गरिएको बताए ।

जुन ठाउँ जुन चिज छ त्यस ठाउँमा त्यस चिजको पहिचान गरि व्यवस्थापन गर्न सक्यो भने त्यस ठाउँको महत्व हुने न्योेपानेले बताए । तसर्थ देवघाटमा धार्मिक मठ मन्दिरलाई नै व्यवस्थापन गर्न सक्यो भने यस ठाउँको गरिमा बढ्न गई पर्यटकिय क्षेत्र बढाउन सकिने र यहाँको आर्थिक सामाजिक पाटोहरु मजवुज हुँदै जाने न्योेपानेले बताए ।

सो प्रक्रियालाई अगाडि बढाउने क्रममा हनुमानको मुर्ती स्थापना डिपिआर निर्माणका लागि निर्माण समितीका अध्यक्ष न्यौपाने, महासचिब प्रविण कार्की, सचिब भानुभक्त न्यौपाने, स्वामी मधुशुधन महाराज, बालगुरु केशब पौडेल, प्राविधिक इन्जिनियर महेश्वर श्रेष्ठ सहितको टोलीले चतराधाममा रहेको हनुमानको मुर्तीको अबलोकन गरिएको न्यौपानेले बताए । साथै त्यस ठाउँका अन्य देबस्थल बराहा क्षेत्रमा पिण्डेश्वर धामको अबलोकन समेत गर्दै उक्त मन्दिरको आधारमा देबघाटधाममा नेपाल कै ठूलो पन्चमुखी हनुमानको बिग्रह स्थापनाको डिपिआर तयार गरि उक्त बिग्रह स्थापना गरिने न्यौैपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय