एमाले महाधिवेशनः तनहुँका सबै केन्द्रीय सदस्य दोहोरिने तयारीमा

Devghat Online

शेयर गरौ

गुरुङ पदाधिकारी र केन्द्रीय सदस्यमा डेब्यु गर्ने श्रेष्ठको तयारी

तनहुँ । मंसिर २५

नेकपा एमालेको मंसिर २७ गते देखी काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा एमालेको केन्द्रीय कमिटिमा पुग्न नेताहरुले आन्तरिक लबिङ तिब्र पारेका छन् । केन्द्रीय कमिटिमा जाने तयारीमा रहेका महाधिवेशन प्रतिनिधिहरु पार्टी नेतृत्व समक्ष आफ्नो चाहाना समेत व्यक्त गर्न थालेका छन् ।

यसै सन्भर्दमा तनहुँ जिल्लाबाट हाल केन्द्रीय कमिटिमा प्रतिनिधित्व गरेका सबै जसो नेताहरु यस पटक पनि केन्द्रीय कमिटिमा दोहोरिने तयारी गरेका छन् । तनहुँबाट प्रतिनिधित्व गरेका पाँच जना केन्द्रीय सदस्य मध्ये सबैभन्दा उपल्लो तहमा किरण गुरुङ रहेका छन् । हाल स्थायी कमिटि सदस्य तथा गन्डकी प्रदेशका इन्चार्ज रहेका गुरुङ महाधिवेशनपछि पदाधिकारीमा जाने तयारीमा रहेका छन् । गुरुङले आफ्नो तयारी र चाहाना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यक्त गरिसकेका छन् । अध्यक्ष ओली पनि गुरुङलाई पदाधिकारी बनाउन सकारात्मक रहेको बताईएको छ । गुरुङ नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदबारी दिएर पराजित भएका थिए ।

त्यस्तै हालका पोलिट्व्युरो सदस्य टुकराज सिग्देल तथा केन्द्रीय सदस्यहरु केदार सिग्देल, भगवती न्यौपाने र सविता रसाईली पनि दोहोरिने तयारीमा छन् । उनीहरु सबै आगामी महाधिवेशनबाट केन्द्रीय कमिटिमा दोहोरिने निश्चित जस्तै रहेको छ । पोलिट्व्युरो सदस्य टुकराज सिग्देल खुल्ला क्षेत्रबाट केन्द्रीय सदस्यको उम्मेदबार बन्ने छन् भने केदार सिग्देल गन्डकी प्रदेशको भुगोल क्षेत्रबाट, भगवती न्यौपाने महिला क्षेत्रबाट र सविता रसाईली दलित क्षेत्रबाट केन्द्रीय कमिटिमा जाने तयारीमा छन् ।
यसबाहेक हाल केन्द्रीय सल्लाहाकार रहेका प्रतापलाल श्रेष्ठ पनि यसपटक केन्द्रीय कमिटिमा आउने तयारीमा छन् । श्रेष्ठ नवौं महाधिवेशनमा नै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै हाल गन्डकी प्रदेश कमिटिका सदस्य रहेका श्रीप्रसाद श्रेष्ठ यसपटक केन्द्रीय कमिटिमा डेब्यु गर्ने तयारीमा रहेका छन् । एक कार्यकाल तनहुँ जिल्ला कमिटिको अध्यक्ष समेत भईसकेका श्रेष्ठ यसपटक केन्द्रीय सदस्य बन्ने गरि तयारी गरेका छन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष समेत रहेका श्रेष्ठ सम्भवतः जनजाती क्लष्टरबाट केन्द्रीय सदस्यको उम्मेदबार बन्नेछन् ।

गाउँपालिकाको अध्यक्षको रुपमा निकै उत्कृष्ट काम गरेका श्रेष्ठलाई केन्द्रीय सदस्य बनाउने विषयमा पार्टीका उपल्लो तहका नेताहरु समेत सहमत छन् । श्रेष्ठको नेतृत्वमा म्याग्दे गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लिजा र एफआरए जस्ता सुचकहरुमा तनहुँ जिल्लामै प्रथम स्थान प्राप्त गर्दै आएको छ । विपन्नलाई आवास, सामाजिक सुरक्षा कार्यक्रम सन्चालन, कृषकलाई विभिन्न क्षेत्रमा अनुदान तथा विभिन्न लोकप्रिय कार्यक्रम श्रेष्ठको नेतृत्वमा म्याग्दे गाउँपालिकाले कार्यान्वयन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ