राप्रपा व्यास नगर समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा साँखी

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ७

राष्ट्रिय प्रजातन्त्र पार्टी व्यास नगर समितिको पाँचौं अधिवेशन सोमबार दमौलीमा सम्पन्न भयो । उक्त अधिवेशनले राजु साँखीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको सचिवमा बलभद्र श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रमेश आचार्य, सरला मल्ल, भवनीधि पन्थ, ओजराज पन्थ, देवेन्द्र श्रेष्ठ, सुमित घर्ती, सरिता दरै, तिर्थराज पौडेल, लीलावति कँडेल, नानुमाया बस्नेत, जुन नारायण श्रेष्ठ, दुर्गा पन्थ, सविना पोख्रेल, शुक बहादुर माझी, शुशिल पौडेल, पृथ्वीनारायण श्रेष्ठ, चन्द्रवती पन्थ, शोभा गुरुङ, विनोद कुमार घर्ती र गौमाया श्रेष्ठ चयन भएका छन् ।

राप्रपाको बिधान अनुसार अधिवेशनको क्रममा केन्द्रीय तह र जिल्लाका तहका नेताहरु समेत सम्बन्धित स्थानीय तहको कमिटिको सदस्य हुँदै माथिल्लो कमिटिमा जानुपर्ने हुँदा केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष पनि व्यास नगर कमिटिको सदस्य चुनिएका छन् ।

उक्त अधिवेशनको राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले उद्घाटन गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले व्यास नगर पालिका वडा नम्बर ५ का पुर्व वडा कमिटिका अध्यक्ष बलभद्र श्रेष्ठ राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक