घिरिङमा बहु–क्षेत्रीय पोषण योजना सम्बन्धि अभिमुखिकरण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १६

घिरिङ गाउँपालिकाको आयोजनामा बहु–क्षेत्रीय पोषण योजना सम्बन्धि अभिमुखिकरण तथा पोषण खाद्य सुरक्षा तथा निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा भएको उक्त बैठकमा गण्डकी प्रदेश नीति तथा योजना आयोग बहु–क्षेत्रीय पोषण कार्यक्रम संयोजक रुवी जोशीले प्रशिक्षण तथा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा घिरिङ गाउँपालिकाका उपाध्यक्ष राधादेबि अधिकारी, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुख हरु, स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त बैठकले आर्थिक वर्ष २०८२/०८३ मा सन्चालन गरिने एकीकृत योजना सर्बसम्मतले पारित गरेको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक