बन्दीपुर भ्रमण वर्ष २०२५ समापन, ६ लाख ५३ हजार पर्यटकले गरे बन्दीपुरको भ्रमण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १६

बन्दीपुर भ्रमण वर्ष २०२५ को समापन गरिएको छ । बुधबार बन्दीपुरमा आयोजित कार्यक्रमा भ्रमण वर्षको कार्यक्रम समापन गरियो । तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाको आयोजनामा सन २०२५ लाई बन्दीपुर भ्रमण वर्ष २०२५ को रुपमा मनाईएको थियो ।

उक्त समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सबैको सहयोगले बन्दीपुर भ्रमणवर्षलाई भव्य रुपमा सम्पन्न गरिएको बताए । भ्रमण वर्षको कारणले बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि भएको अध्यक्ष थापाले बताए । बन्दीपुरमा हरेक वर्ष भ्रमण वर्षकै रुपमा मनाउनुपर्ने अध्यक्ष थापाले बताए ।

बन्दीपुर भ्रमण वर्षको अवधिमा एक वर्ष भरीमा स्वदेशी र बिदेशी गरि ६ लाख ३५ हजार पर्यटक बन्दीपुर भित्रिएको भ्रमण वर्ष कार्यक्रमका संयोजक बैंशबहादुर गुरुङले बताए । त्यसमध्ये ४ लाख ५३ हजारले बन्दीपुरमा बास बसेको र त्यसमा १ लाख बिदेशी रहेको गुरुङले बताए । उनका अनुसार करिब ४ लाख आन्तरिक पर्यटकले बन्दीपुरमा बास बसेका छन् । एकदिन भ्रमण गर्ने पर्यटको संख्या २ लाख भन्दा बढि भएको उनले बताए । भ्रमण वर्ष भर २ लाख पर्यटकले बन्दीपुरमा बास बस्ने अपेक्षा गरिएको त्यसको दोब्बर संख्याका पर्यटकले बन्दीपुरमा बास बसेको गुरुङले बताए ।

यहाँको आन्तरिक पर्यटनको स्वदेश तथा बिदेशमा गरिएको प्रचार प्रसार तथा यहाँका व्यवसायीको आतिथ्यताले बन्दीपुरमा पर्यटकको संख्यामा बृद्धि भएको गुरुङले बताए । अव सन २०२६ मा घोषित रुपमा भ्रमण वर्षको कार्यक्रम नभएपनि विगतको भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिईएको उनले बताए ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंशबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, वडा नम्बर ३ का वडा अध्यक्ष परमेश्वर भट्टराई, नेपाली काँग्रेसका सभापती कर्णबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष रवि श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लोकबहादुर बानियाँ, बन्दीपुर सामाजिक विकास समितिका पुर्व अध्यक्ष डा.मदनकुमार पिया, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका अध्यक्ष घनश्याम उपाध्याय, पर्यटनविद् हरिसिंह गुरुङ लगायतले बन्दीपुर भ्रमण वर्षको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

यसैविच नयाँ वर्ष २०२६ को अवसरमा आज तनहुँको बन्दीपुरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आज नयाँ वर्ष २०२६ को स्वागतको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंश बहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको