भानुकी सुष्माको शव मस्र्याङदी नदिमा भेटियो

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १९

गत पुस १३ गते बिहान आफ्नै घरबाट हराएकी भानु नपा–५ बारीफाँटकी सुष्मा पौडेलको शव मस्र्याङदी नदीमा भेटिएको छ ।

शनिबार दिउँसो १२ बजेको समयमा आँबुखैरेनी गापा–१ सत्रसयफाँट स्थित मस्र्याङदी नदीको बिचमा लास रहेको भन्ने स्थानिय मार्फत इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा जानकारी प्राप्त भएपछि प्रहरी निरिक्षक प्रदिप सुवेदीको कमाण्डमा खटिएको ९ जनाको टोलीले उक्त लाश नदीबाट निकालेको थियो ।

लाशको पहिचान गरि प्रारम्भिक घटनास्थल मुचुल्का पश्चात मृत लाश पोष्टमाटर्मको लागि प्रादेशिक अस्पताल दमौली तनहुँको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । आईताबार पोष्टमार्टम पश्चात शव आफन्तलाई बुझाईने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास