देवघाटमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी

Devghat Online

शेयर गरौ

मेला व्यवस्थित बनाउन १५१ सदस्यिय मुल समारोह समिति गठन

देवघाट । पुस १७

देवघाटमा लाग्ने माघे सक्रान्ति मेलालाई यसवर्ष पनि विगतको झैं भव्य र व्यवस्थित बनाईने भएको छ । देवघाट क्षेत्र विकास समितिको आह्वानमा मेला तयारी सम्बन्धमा विहिबार बसेको सर्वपक्षीय बैठकले मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देवघाटको महिमा र पहिचानको उजागर गर्ने हुँदा मेलालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिईएको थियो ।

उक्त बैठकमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सबैसँग समन्वय गरि मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । उनले माघे संक्रान्ति मेला देवघाटको गरिमासँग जोडिएको हुँदा उक्त मेलाको भव्य व्यवस्थापनले नै देवघाटको महत्व झल्कने बताए । मेलामा लाखौं भक्तजनको उपस्थिति हुने हुदा शान्ति सुरक्षालाई सबैभन्दा बढि महत्व दिनुपर्ने अध्यक्ष थापाको भनाई थियो । माघे सक्रान्ति मेला मात्र नभई देवघाटमा लाग्ने हरेक मेला र पर्वलाई व्यवस्थित बनाउनुपर्ने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले देवघाटधाम तिनवटा जिल्लाको तिनवटा स्थानीय तहमा पर्ने हुदा, यसक्षेत्रमा लाग्ने मेला महोत्सवमा पनि तिनवटै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । देवघाट क्षेत्र विकास समितिले पनि माघे सक्रान्ती मेलालाई मात्रै महत्व दिएको भन्दै अध्यक्ष थापाले देवघाटमा सबै महिना यस्तै महत्वका मेलाहरु लाग्ने गरेको बताए । ती मेला महोत्सवलाई पनि क्षेत्र विकासले महत्व दिनुपर्ने अध्यक्ष थापाको भनाई थियो । माघे सक्रान्ती मेला लाग्ने बेणी संगममा सौचालय र खानेपानीको अभाव रहेको र यसले मेलाकै गरिमा घट्ने भएको हुदा क्षेत्र विकासले मेलाको पुर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने अध्यक्ष थापाले बताए ।

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले देवघाटमा लाग्ने माघे संक्रान्ति मेला ऐतिहाँसिक र पवित्र मेला भएको बताए । माघ महिनाभर देवघाटमा आई स्नान गरेमा पुण्य प्राप्त हुने विश्वास रहेको भन्दै उनले अझ विशेषगरि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नुको आफ्नै महत्व रहेको बताए । देवघाटको मेला र मांस मदिरा एकै ठाउँमा रहन नसक्ने भन्दै मेला अवधिभर देवघाटमा मांस मदिरालाई कडाईका साथ नियन्त्रण गर्नु पर्ने पुर्व अध्यक्ष पौडेलले बताए ।

देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघे संक्रान्ति मेलामा टाढा टाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ मेलाको क्रममा यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षा तथा यसक्षेत्रका बासिन्दाको पनि सर्वोपरी हित हेर्नुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

बैठकले मेला सन्चालनको लागि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीको संयोजकत्वमा १५१ सदस्यिय मुल समारोह समिति गठन गरेको छ । साथै विभिन्न २९ वटा उपसमितिहरु पनि गठन गरिएका छन् । गठित उपसमितिहरुमा स्वंयमसेवक परिचालन उप–समिति, धुनी ब्यबस्थापन उप–समिति, बजार ब्यबस्थापन, सरसफाई तथा अस्थायी शौचालय व्यस्थापन उप–समिति, खानेपानि व्यवस्थापन उपसमिति, प्राथमीक स्वास्थ्य उपचार उपसमिति, सडक बत्ती व्यस्थापन उप–समिति, आकस्मिक उद्दार एवं स्नानघाट सुरक्षा ब्यावस्थापन उपसमिति, मेला व्यवस्थापन मुल समिती सचिवालय समिति, सुचना सन्चार एवं प्रचार प्रसार उप–समिति, मेला सुरक्षा व्यबस्थापन उपसमिति, रुट निर्धारण उपसमिति, सडक मर्मत तथा सम्भार उपसमिति, बिघुत नियमित आपुर्ती उपसमिति, डुङ्गा एवम् घाट ब्यबस्थापन उपसमिती, मेला अनुगमन तथा मूल्यांकन उपसमिति तथा पार्किङ उपसमिति रहेका छन् । त्यस्तै देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङको संयोजकत्वमा मेला अनुगमन समिति पनि गठन गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, देवघाटका जनप्रतिनिधिहरु, क्षेत्र विकास समितिका पदाधिकारीहरु, विभिन्न गुरुकुल तथा आश्रमका प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख, उद्योग वाणिज्य संघ, विद्यालय, आमा समुह, रेडक्रस, लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुले मेला व्यवस्थापनकोलागि विभिन्न सुझाव दिएका थिए ।

बैठकले मेलाको तयारीको लागि तिन वटै जिल्लाका सुरक्षा निकायसँग बैठक र छलफल गर्ने र पौष २९ गते पत्रकारसम्मेलन गर्ने निर्णय गरेको कार्यकारी निर्देशक बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक