म्याग्दे गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर आयोजना

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २०

म्याग्दे गाउँपालिकामा आइतबारदेखी निशुल्क दन्त परिक्षण शिविर आयोजना गरिएको छ । म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल कास्की पोखराको आयोजना एवं वडा नम्बर २ कार्यालयको व्यवस्थापन तथा समाज कल्याण परिषदको समन्वयमा वडा नम्बर २ स्थित जामुने स्वास्थ्य चौकीमा उक्त दन्त परिक्षण शिविर आयोनजा गरिएको हो ।

उक्त शिविरको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकाबासीको स्वास्थ्य सेवाप्रति गाउँपालिका गम्भिर र जिम्मेबार बनेको बताए । गाउँपालिका बासीलाई आफ्नै ठाउँमा दन्त परिक्षण, आँखा परिक्षण तथा अन्य स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

म्याग्दे गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा नम्बर ५ का अध्यक्ष शिवबहादुर आले, वडा नम्बर ६ का अध्यक्ष हिरालाल गुरुङ, वडा नम्बर २ का सदस्य रमेश अधिकारी, नेलम्बो नेपालका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरेले गरेका थिए ।

शिविरको पहिलो दिन आइतबार ७३ जनाको दन्त परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख घिमिरेले बताए । उक्त दन्त परिक्षण शिविर पुस २४ गतेसम्म चल्ने छ । शिविरमा दन्त चिकित्सक सहित ७ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरेका छन् । उक्त शिविरमा दाँतको आरसिटि लगायतको सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता