उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ, संरक्षक अनुपकुमार उपाध्याय

Devghat Online

शेयर गरौ

काठमाडौं । पुस २६

उज्यालो नेपाल पार्टीको संरक्षक रहेका कुलमान घिसिङ अध्यक्ष नियुक्त भएका छन्।

रास्वपासँगको एकता अघि नबढ्ने भएपछि शनिबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो। त्यस्तै यसअघिका अध्यक्ष अनुपकुमार उपाध्याय संरक्षक बनेका छन्।

यसैविच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले एकतर्फी रूपमा एकता भङ्ग गरेको दाबी गरेका छन् । शनिबार साँझ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले एकतर्फी रूपमा एकता भङ्ग गरेको बताएका हुन् ।

उहाँहरूले एकतर्फी रूपमा एकता भङ्ग गर्नुभयो, उनले भने, हाम्रा मागहरू पनि केही थिएनन्, साथीहरूले पनि चित्त बुझाउनु भएकै थियो । तर एकता कायम राख्न सकिएन ।

पुस १४ गते लिखितमा मात्रै नभएर मौखिक सहमति पनि भएका उनले बताए । ‘एकीकरण प्रक्रियालाई कसरी कार्यान्वयन गर्ने भन्ने धेरै अलिखित सहमति थिए । त्यो सहमतिमा हाम्रो कुनै ठूलो किसिमको माग पनि थिएन । छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउ भन्ने हाम्रो माग थियो, तर सम्भव भएन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको