तनहुँ उद्योग वाणिज्य संघमा सबै सर्वसम्मत

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २९

तनहुँ उद्योग वाणिज्य संघको सबै पदहरुमा सर्वसम्मत भएको छ । गत पुस २७ गतेदेखी सुरु भएको संघको १८ औं अधिवेशनबाट इमकुमार मल्लको अध्यक्षतामा संघको नयाँ कार्य समित सर्वसम्मत रुपमा चयन गरिएको छ । मल्ल यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । संघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै अधिवेशनपछि अध्यक्ष हुने प्रचलन अनुसार मल्ल अध्यक्षमा निर्वाचित भएका हुन् ।

भावी अध्यक्षको रुपमा लिइने बरिष्ठ उपाध्यक्षमा हालका महासचिव सुवोध अधिकारी विर्नाचित भएका छन् । बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका कुमार मल्लले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत भएका हुन् ।

त्यस्तै प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, द्वित्तिय उपाध्यक्षमा भिमलाल श्रेष्ठ र कोषाध्यक्षमा शिवओम मल्ल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक सरिता थापा भण्डारीले जानकारी दिइन् ।

त्यसैगरि बस्तुगत सदस्यमा अधिकृत विक्रेता संघ तनहुँको तर्फबाट लालप्रसाद प्रधान पनि सर्वसम्मत भएका छन् । एसोसियट्स सदस्यमा भने कसैको पनि उम्मेदवारी परेन । महासचिव भने अध्यक्षले मनोनयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता