विद्यालयमा बाँडिएको स्मार्ट बोर्डमा न्यौपानेको फोटोः निर्वाचन आचार संहिता विपरितको कार्य भएको भन्दै त्यसलाई बन्द गर्न माग

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १०

तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका इन्जिनियर श्रीराम न्यौपानेले केही समय अघि तनहुँ क्षेत्र नम्बर १ का केही सामुदायिक विद्यालयमा बाँडेको स्मार्ट डिजिटल बोर्डमा न्यौपानेको नाम र फोटो प्रचार गरिएको भेटिएको छ । क्षेत्र नम्बर २ केही सामुदायिक विद्यालयमा बाँडिएको उक्त बोर्ड खुल्नासाथ न्यौपानेको नाम र फोटो देखाउने गरिएको भन्दै उक्त कार्य निर्वाचन आचार संहिता विपरितको भएको हुँदा त्यसलाई रोक्नुपर्ने माग नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले गरेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सदस्य डम्बर अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नु भएका श्रीराम न्यौपानेले केही समय अगाडि विभिन्न विद्यालयमा वितरण गर्नु भएको स्मार्ट बोर्ड अन गर्ने बित्तिकै उम्मेदवार न्यौपानेले नमस्कार गरेको तस्बिर स्क्रिनमा देखिने गरेको विषय सार्वजनिक भएको हुँदा उक्त कार्य निर्वाचन आचार संहिता विपरित हुने हुँदा जिल्ला स्थित निर्वाचन कार्यालयले उक्त कार्यलाई तत्काल बन्द गराउन सम्बन्धित विद्यालयलाई सजग गराउनुपर्ने बताए । अधिकारीले यस विषयमा निर्वाचन कार्यालय र तनहुँ प्रशासनको बेलैमा ध्यान पुग्नुपर्ने बताएका छन् ।

यसैगरि नेकपा एमालेका उपाध्यक्ष तथा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटिका संयोजक राजेश्वर ढकालले पनि उक्त कार्य निर्वाचन आचार संहिता विपरितको कार्य भएको हुँदा विद्यालय प्रशासन र निर्वाचनसँग सम्बन्धित पक्षले यस्ता कार्य बन्द गर्नुपर्ने बताए । शिक्षा जस्तो पवित्र स्थलमा कुनै व्यक्तिको प्रचार गर्नु असोभनिय भएको भन्दै उनले अझ निर्वाचनको समयमा उम्मेदवारको प्रचार गर्नु त झन निर्वाचन आचार संहिता विपरितको कार्य भएको बताए । न्यौपानेले केही समय अघि केही विद्यालयमा उक्त स्मार्टबोर्ड वितरण गरेका थिए ।

स्मार्टबोर्डमा आफ्नो नाम र फोटो देखिएपछि विवादमा परेका न्यौपानेले त्यसप्रति स्पष्टिकरण दिएका छन् । आगामी पाँच वर्षभित्र तनहुँ जिल्लाका सरकारी विद्यालयका कक्षा १० का कोठालाई स्मार्ट बोर्ड युक्त बनाउने प्रतिवद्धता स्वरूप तनहुँ क्षेत्र नम्बर २ मा मात्र नभई कास्की र तनहुँ–१ मा समेत विभिन्न विद्यालयहरूमा वितरण गरिएका स्मार्ट बोर्डहरू निर्वाचन आचारसंहिता लागू हुनुभन्दा केही महिना अगाडि नै जडान गरिएको बताएका छन् ।

त्यस समयावधिमा कुनै पनि प्रकारको निर्वाचन आचारसंहिता लागू अवस्थामा नभएको भन्दै न्यौपानेले भनेका छन् । ‘हाम्रो समाजमा मठमन्दिर, सामाजिक भवन, विद्यालय जस्ता सार्वजनिक स्थानहरूमा दानदाताको नाम उल्लेख गरी शिलालेख राख्ने परम्परा लामो समयदेखि रहँदै आएको र सोही परम्परागत अभ्यासलाई समयअनुकूल आधुनिक प्रविधिमार्फत प्रस्तुत गर्ने उद्देश्यले सम्बन्धित विद्यालयको सहमति मै स्मार्ट बोर्डमा दाताको नाम तथा फोटो समावेश गरिएको हो ।’

यसको मूल उद्देश्य कुनै पनि प्रकारको राजनीतिक प्रचार गर्नु नभई प्रविधिमैत्री शिक्षामा सहयोग पु¥याउने, विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने र अन्य व्यक्ति तथा संस्थालाई समेत यस्ता सकारात्मक कार्यमा प्रेरित गर्नु भएको र उक्त सामग्रीहरू कुनै पनि प्रकारले निर्वाचन लक्षित सन्देश प्रवाह गर्ने नियतले नराखिएको न्यौपानलेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय