म टुरिष्ट हैन, यहाँका जनताको समस्या र समाधानको उपाय मलाई थाहा छः सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १०

तनहुँ क्षेत्र नम्बर २ का नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केदार सिग्देलले जनतासँगको सुमधुर सम्बन्ध नै जितको आधार भएको दाबी गरेका छन् । आफू टुरिष्ट उम्मेदवार नभएकाले जनताको समस्या र समाधानबारे जानकार रहेको उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल तनहुँ शाखाले शनिबार दुलेगौंडामा गरेको पत्रकार सम्मेलनमा सिग्देलले समस्या र समाधानसँग परिचित भएकाले विकास निर्माणसँगै शुसासनका निम्त्ति योगदान पु¥याउन सक्ने बताए । ‘मैले मेरो क्षेत्रमा नजानेको, नचिनेको कुनै वडा छैन । म टुरिष्ट पनि होइन । म यहींको रैथाने आदिवासी हुँ । जो यहाँ पहिल्यैदेखि बसोबास गरेर काम गरेको छ राजनीतिक रुपमा आदिवासी हो म’, उनले भने, ‘त्यसैले मलाई सबै समस्या पहिचान छ । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको पनि जानकारी छ । मैले यो क्षेत्रको विकास निर्माण र यो ठाउँको शुसासनका निम्त्ति योगदान गर्न सक्छु भन्ने नै मेरो मूल आधार हो ।’

सिग्देलले आफू जनताको माग अनुसार नै उम्मेदार बनेको बताए । नेता र कार्यकर्ताको मागबमोजिम उम्मेदावर बनेकोले जित्ने आधार पनि रहेको उनले सुनाए । ‘यहाँ धेरै कार्यकर्ताहरुले तपाईं जस्तै उम्मेदवार चाहिएको हो भनेर मलाई सुझाव पनि दिनुभाथ्यो । हाम्रा प्रतिस्र्धी पार्टीका इमानदार मतदाता र कार्यकर्तालेसमेत हामी तपाईंको शैली, स्वभाव र योगदान देखेर प्रभावित छौं भनेर सुझाव पनि दिनुभयो’, सिग्देल भन्छन्, ‘त्यसले मलाई प्रेरणा दिएको छ । मेरो जीतको आधार जनतासँगको घनिष्ठ सम्बन्ध, यहाँको सबै जानकारी, अन्य राजनीतिक पार्टीका नेता कार्यकर्तासँगको सुमधुर सम्बन्ध नै जीतको आधार हो ।’

पूरानो पुस्ता र पटक–पटक अवसर लिएको भनेर गरिएको आलोचनाप्रति उनले असन्तुष्टि पनि जनाए । आफू जेन–जी जस्तै उम्मेदवार भएको उनको दाबी थियो । सिग्देलले चुनाव लड्न लागेको तेस्रो पटक हो । ‘यो भाष्य गलत छ । मेरो बारेमा केन्द्रित भएर पूरानै अनुहार भन्न त मिल्ने छदै छैन । ७४ बाट ८२ मा आइपुग्दा पुरानो हुन्छ भने अरु पनि चुनाव उठेका देशभरका अनुहार हेर्नुस् त्यो तुलनामा नयाँ हुँ जस्तो लाग्छ’, केदारको जिकिर छ ।

पूराना कामलाई सम्पन्न गराउनुपर्ने कारण पनि आफू चुनावी मैदानमा उत्रिएको उनले बताए । देशको राजनीति संकटले गुज्रिएकाले पनि पार दिनुपर्ने उनको भनाइ थियो । ‘मेरो उम्मेदवारी हिजो ७४ सालदेखि गर्दा अधुरा कामलाई सम्पन्न गराउनुपर्नेछ । कतिपय नयाँ कामका निम्ति पनि जनताको भावना वा माग अनुसारका कामलाई नेतृत्व गर्नुपर्नेछ’, एमाले उम्मदवार सिग्देलले भने, ‘नयाँ कामको थालनी गर्नका लागि पनि म कटिबद्ध भएर लाग्नेछु । यसको साथसाथै यस क्षेत्रमा गर्नुपर्ने कामका साथसाथै देशको सिंगो राजनीति अलिकति अलि जटिल ढंगबाट गुज्रिराखेको छ । धेरै वर्ष संघर्ष गरेर निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान नै धरमर बनाइएको अवस्था छ ।’

उनले अगाडि थपे, ‘तसर्थ हामीले यो मुलुकलाई शान्ति स्थिरता र लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कार्यन्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली भन्ने समग्र नेपालीको आकांक्षालाई पूरा गर्ने अभियानमा म पनि तनहुँ जिल्लाबाट नेतृत्व गरेर त्यो अभियानमा एउटा इट्टा थप्ने काम गर्न चहान्छु ।’

उनले विकास र बजेट वितरण समानुपातिक हुनुपर्नेमा जोड दिए । प्रभावशाली नेता र तिनको बलमिच्याँइले विकास कहिल्यै पूरा नहुने बताए । नीतिगत र योजनाबद्ध बजेट विजिनयोजनले विकासको लक्ष्य पूरा हुनेमा उनको विश्वास छ । ‘समावेशी विकास हुनुपर्छ । पहुँचको भरमा जहाँ पहुँच पुगेको छ प्रभावशाली नेता छ त्यही मात्रै बजेट लग्ने काम गर्नुहुदैन । मन्त्री, सांसद भइयो भनेपनि यो क्षेत्रका ४३ वटै वडामा समानुपातिक ढंगबाट वितरण हुनुपर्छ । नीतिगत हुनुपर्छ’, उनले भनेका छन्, ‘पहुँचको भरमा होइन नीतिगत योजनाबद्ध हुनुपर्छ, प्राथमिकताको आधारमा बजेट र योजना छनोट हुनुपर्छ । र मेरो विकासको मोडल यही नै हो ।’

उनले विकासका लागि जादुको छडी नभएको बताए । नीतिगत विकास गर्दा लक्ष्यमा चाँडै पुगिने दोहो¥याए । ‘भद्रगोल पहुँचको भरमा ग¥यौं भने कहिल्यै विकास हुन सक्दैन’, उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू