शुक्लागन्डकीमा एमालेको चुनावमुखी विस्तारित बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १५

नेकपा एमाले शुक्ला गण्डकी नगरपालिका कमिटीको चुनावी मुखी बिस्तारित बैठक विहिबार सम्पन्न भयो । कमिटीका अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकमा एमाले केन्द्रीय सदस्य किरण गुरुङले निर्वाचनमा पार्टीका सबै कार्यकर्ता तथा तह र तप्का परिचालित हुनुपर्ने बताए ।

उक्त बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देल, पुर्व केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्रराज वाग्ले, गण्डकी प्रदेश कमिटी सदस्य तथा गण्डकी प्रदेश सभासद श्यामराज महत, जिल्ला कमिटिका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर २ का संयोजक राजेश्वर ढकाल लगायतले मन्तव्य राखको थिए ।

सो बैठकमा गण्डकी प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज कमल ढकाल, गण्डकी प्रदेश कमिटीका पुर्व सदस्य सरस्वती सिग्देल, गण्डकी प्रदेश कमिटीका सल्लाहकार परिषद सदस्य सुरज गुरूङ, सरस्वती सिग्देल, गिता हमाल, गण्डकी प्रदेश कमिटीका बिभागिय सदस्य रूद्रप्रसाद पौडेल, जिल्ला कमिटिका उपसचिव खिम बहादुर कुमाल लगायतको बिशेष उपस्थिती रहेको थियो ।

उक्त बैठकले नगर कमिटिका अध्यक्ष रघुनाथ पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । बैठकमा निर्वाचन परिचालन सम्बन्धि महत्वपूर्ण निर्णयहरु भएको नगर कमिटिका अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो