देवघाटमा पुर्व सिकाइ मान्यता विधिको सीप परीक्षणबारे अभिमुखीकरण सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ १५
गन्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुँद मन्त्रालय र देवघाट गाउँपालिकाको आयोजनामा विहिबार देवघाट गाउँपालिकामा पुर्व सिकाई मान्यता विधिको सिप परिक्षण बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले आफू सँग सीप हुँदा हुँदा पनि प्रमाण पत्र नहुदा काम नपाउने वातावरण रहेको बताए ।

पछिल्लो समयमा लघुवित्तहरुले आफुले जानेको सिपको प्रमाण पत्र ढितोे राखी ऋण दिने सुविधा रहेको भन्दै अध्यक्ष थापाले सिप सिकेर प्रमाणपत्र पाएका युवाहरुले त्यसको सदुपयोग गर्नुपर्ने बताए । आफुले जानेको सिपको प्रमाण पत्र भएपछि कामहरु सजिलै पाउने उनले बताए । सिपको प्रमाण पत्र हरेक नागरिकले लिन सकेमा कोही पनि बेरोजगार बस्नु नपर्ने थापाले बताए ।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले स्नातक पढेका विद्यार्थीहरुको प्रमाण पत्र बाकसमा थन्किने तर सिप सिकेका व्यक्तिहरुले रोजगार पाउने वातावरण बन्दै गएको बताए । सीप लिएका व्यक्तिहरुको प्रमाण पत्र व्यवहारिक हुने भएकाले तत्कालै काम पाउने गुरुङले बताए ।

देवघाट गाउँपालिकामा पढ्ने विद्यार्थीहरुलाइ काम दिन सकेको छैन तर यी प्रमाण पत्र लिएको व्यक्तिले प्रशस्त मात्रमा काम पाउने गरेको उनको भनाई थियो । पछिल्लो समयमा देवघाटमा पनि बाहिरबाट आएर विभिन्न स्वरोजगारको काम गरिरहेको तर यहाँका युवाहरु सिप नभएर त्यसै बेरोजगार बस्नु परेको भन्दै उनले सबैभन्दा महत्वपुर्ण नै सिप सिक्नु रहेको बताए ।

देवघाट गाउपालिका उपाध्यक्ष भुवन सिं गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत विदुर हरि आचार्यले सिप विकास सम्बन्धि प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा घर बनाउने मिस्त्री १५ जना, पेन्टर ६ जना र पलम्बर ३ गरि जम्मा २४ जनालाई सीप प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू