हिन्दुधर्म सम्बन्धी विवादित भिडियो ‘भाइरल’ भएपछि वाग्लेको स्पष्टिकरण

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेले सनातन सभ्यताको बारेमा पार्टीको धारणा स्पष्ट हुँदाहुँदै पनि विपक्षीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । रास्वपा सनातन सभ्यता र उन्नत लोकतन्त्रको पक्षमा दृढ रहेको उनले बताए ।

वाग्लेले ‘हिन्दुधर्म र राजतन्त्र चाहिनेहरु आफ्नो पार्टी छोडेर गए हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक सन्जालमा ‘भाइरल’ हुन थालेपछि आत्तिएका वाग्लेले सामाजिक सन्जालमै स्पष्टिकरण दिएका छन् । उनले भनेका छन् ‘हाम्रो धारणा अत्यन्त स्पष्ट छ, हामी सनातन सभ्यताको रक्षक हौं,’ उनले भने, ‘हामी उदार, सहिष्णु तथा बहुलवादी समाजको कवच हौं ।’

वाग्लेले सनातन सभ्यता र उन्नत लोकतन्त्रलाई सँगसँगै अघि बढाउने रास्वपाको दृष्टिकोण रहेको उल्लेख गर्दै त्यसबारे अनावश्यक भ्रम सिर्जना गर्न खोजिनु अनुचित भएको बताए । उनका अनुसार लोकतान्त्रिक मूल्य, सामाजिक सहिष्णुता र बहुलवाद नेपालको समाजको आधार हुन् र रास्वपा तिनको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध छ ।

केही समय अघि पार्टीको एक कार्यक्रममा वाग्लेले हिन्दु धर्म र राजतन्त्र चाहानेहरु पार्टी छाडेर गए हुने भन्ने खालको अभिव्यक्ति दिएका थिए । वाग्लेको सो भिडियो अहिले सामाजिक सन्जालमा भाईरल भएको छ । उक्त भिडियो सार्वजानिक भएसँगै हिन्दुधर्म गुरुहरुले हिन्दु धर्म विरोधी वाग्लेलाई भोट नहाल्न सार्वजानिक अपिल नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल