तनहुँ । माघ २१
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । व्यास नपा–३ स्थित एकदेव आले स्मृति तथा चिन्तन प्रतष्ठिानको भवनको तल्लो तलामा रहेको सटरमा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको हो ।



बुधबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु हरिबहादुर चुमान, ओमकुमारी पौडेल कलिला खान, तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकाल, जिल्ला संयोजक सुर्यबहादुर गौली, गन्डकी प्रदेशका सहसचिव अतिन्द्रकेशरी न्यौपाने लगायत नेता तथा कार्यकर्ताको उपस्थितीमा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा पार्टीका उम्मेदवार विद्यानाथ ढकाललाई बिजयी गराउन ३ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि पनि गठन गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक ओमकुमारी पौडेलले जानकारी दिईन् ।












