प्रेस चौतारी पत्रकारिता पुरस्कार उपाध्यायलाई दिइने

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २२

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष प्रेस चौतारी नेपाल तनहुँका संस्थापक अध्यक्ष तारानाथ उपाध्यायलाई प्रदान गरिने भएको छ ।

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी तनहुँले उपाध्यायलाई यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा गरेको हो । प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि) को अध्यक्षतामा वसेको वैठकले हरेक वर्ष वितरण गर्दे आएको पत्रकारिता पुरस्कार उपाध्यायलाई दिने निर्णय गरेको हो । पुरस्कारको रकम १० हजार नगद र सम्मानपत्र रहेको छ ।

प्रेस चौतारी नेपाल तनहुँ शाखले स्थापना गरेको उक्त पुरस्कार उपयुक्त समयमा चाँडै नैं प्रदान गरिने शाखाले जनाएको छ । यस अघि लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका उपाध्यायले प्रेस चौतारीको संस्थागत विकास र तनहुँको पत्रकारिताको क्षेत्रमा विगतमा खेल्नुभएको भुमिकालाई सम्मान गर्दे पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता क्षेत्रमा संस्थागत योगदान दिएको पत्रकारहरुलाई हरेक वर्ष पुरस्कृत र सम्मान गर्दै आईरहेको छ । उक्त पुरस्कारबाट यस अघि पुर्व अध्यक्ष प्रेम प्रसाद पौडेल, विश्ववन्धु भण्डारी, त्रिभुवन श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, पत्रकार वसन्ती वास्तोला र शाखाका उपाध्यक्ष कृष्णचन्द्र न्यौपाने पुरस्कृत भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय