न्यौपाने र ढकालको देवघाटमा जम्काभेट

Devghat Online

शेयर गरौ

देवघाट । माघ २६

प्रतिनिधि सभाको निर्वाचनको दिन नजिकिँदै जाँदा उम्मेदवारहरुको धपेडी बढ्दो छ । निर्वाचन कार्यक्रम अनुसार अहिले प्रचार प्रसारको काम गर्न पाँईदैन । फागुन ४ गतेपछि मात्र प्रचार प्रसार गर्न पाइन्छ । तर अहिले उम्मेदवारहरु आन्तरिक बैठक, कार्यालय स्थापना, निर्वाचन परिचालन कमिटि गठन र घरदैलोमा व्यस्त छन् ।

उम्मेदवारहरु गाउँ शहर नभनी कुँदिरहेका भेटिन्छन् । सबै प्राय उम्मेदवाहरुले अहिले ग्रामिण क्षेत्रलाई नै प्राथमकितामा राखेका छन् । सामाजिक सन्जालको पहुँचबाट टाढा रहेका मतदातालाई भेट गर्न उम्मेदवारहरु ग्रामिण क्षेत्रमा व्यस्त छन् ।

यसैक्रममा सोमबार तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतको देवघाट गाउँपालिकाको वडा नम्बर १ को कोटाटारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारु एकै ठाउँमा घरदैलोमा पुगे । नेकपा एमालेका उम्मेदवार भगवती न्यौपाने र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालको कोटाटारमा जम्काभेट भयो । उम्मेदवारी दर्ता पछि पहिलोपटक प्रतक्ष्य रुपमा भएको भेटमा दुबैले आत्मियता साटासाट गरे, चुनावी समिक्षा गरे र एक अर्कालाई जितको शुभकामना पनि दिए ।

भगवती र विद्यानाथ विच केही संयोगहरु छन् । उनीहरु दुबै जना भानु नगरपालिकाको स्थायी बासिन्दा हुन् । भगवती वडा नम्बर ८ की र विद्या वडा नम्बर ४ निवासी हुन् । उनीहरु दुबै जना चार वर्ष अघि सम्म एउटै पार्टीमा थिए । नेकपा एमाले विभाजन भएर नेकपा एकिकृत समाजबादी गठन भएपछि विद्या सो पार्टीका नेता भए, हाल उनी नेकपा माओवादी केन्द्रसँग एकता पछि गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध छन् । एमालेमा छँदा विद्या एमालेको जिल्ला कमिटि सचिव थिए । विद्याको सचिवको कार्यकाल सकिएपछि भगवती एमालेको जिल्ला सचिव भईन् ।

भगवती र विद्यानाथ हाल आ–आफ्नो पार्टीको केन्द्रीय कमिटिमा छन् । दुबै जना सरल जिवनशैली, सादा जिवन, उच्च विचार, आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पार्टी, देश र जनताको हितमा लाग्ने तथा पार्टीको काममा दिनरात नभनी खट्ने नेता मध्येपर्छन् । दुबै उम्मेदवारको भोट बैंक भानु नगरपालिका रहेको हुँदा भगवती र विद्या उम्मेदवार बन्दा भानु नगरपालिकाको भोट बाडिने र त्यसको फाईदा अन्य उम्मेदवारलाई हुने चिन्ता सम्बन्धित दलका कार्यकर्ताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र