तनहुँको माटोलाई चिनेको मानिस सांसद बन्नुपर्छः भट्टराई

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २६

नेपाली काँग्रेसका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोलाई चिनेको मानिस तनहुँको निर्वाचन क्षेत्रबाट सांसद बन्नुपर्ने बताएका छन् । मतदातासँग भेट गर्न भानु नगरपालिकाका विभिन्न वडामा पुगेका भट्टराईले तनहुँको माटो चिनेको सांसदले मात्र यहाँको विकासको प्रतिनिधित्व गर्न सक्ने बताए ।

‘देश अहिले एउटा संक्रमणकाल (ट्रान्जिसनल फेज) मा छ, अहिलेको अवस्थामा हामीले देशलाई एउटा निकास दिन जरुरी छ’ भट्टराईले भने ‘त्यसको नेतृत्वमा तनहुँको आवाज बुलन्द भएर आउनु पर्ने समय छ ।’ हामीले त्यसका लागि सही विचार, सही मानिस र तनहुँको माटोलाई चिनेको मानिसलाई प्रतिनिधि सभामा पठाउनु पर्ने भन्दै भट्टराईले आफुले त्यसकालागि गर्ने बताए ।

‘अब नीति निर्माण तहमा तनहुँको आवाज बुलन्द हुनेछ’ उनले भने ‘२१ फागुनमा हुने निर्वाचनमा मलाई मत दिएर तनहुँको आवाजलाई थप बलियो बनाउन सहयोग गर्नुहोस् ।’ यसैगरि भट्टराईले तनहुँमा भएको युवाशक्तिसँग जुन युवा जोश र जाँगर छ, त्यो अमूल्य रहेको बताए । ‘केही दिन यता मैले केही युवा भाइबहिनीलाई भेट्ने मौका पाएको छु । उहाँहरुमा आइटी सेक्टरमा देखिएको जुन उत्साह र हुटहुटी छ, त्यसलाई एउटा सुनौलो अवसरमा बदल्ने योजना बनाएको छु’ भट्टराईले भने ‘त्यो हो, तनहुँ अब बन्नेछ नेपालकै आइटी हब । यसका लागि मैले बनाएको योजनाको खाका केही दिनमा सार्वजनिकसमेत गर्नेछु ।’ अब तनहुँ रुपान्तरण हुनेछ, यो डिजिटल हब बन्ने भन्दै भट्टराईले, यहाँका प्रत्येक युवा रोजगारी र व्यवसायमा जोडिनेछन् र यो आफ्नो प्रतिबद्धता भएको बताए ।

भट्टराईले यसअघि आफुले गरेका कामहरु समाज सुधारका लागि भएको भन्दै ति कामहरु जीवनशैली सहज बनाउने उद्देश्यमा केन्द्रित भएको बताए । ती काममा खानेपानी योजना मात्र थिएनन्, सडक, सामाजिक भवनदेखि लिएर यहाँका स्कुलहरुको स्तरोन्नतीका लागि आफुले तनहुँमा लामो समय बिताएको बताए ।

अब पनि यी कामहरुको निरन्तरता दिने भन्दै उनले यो सँगसँगै अब म युवाहरुमा बढी केन्द्रित हुने बताए । ‘उनीहरुसँगसँगै अगाडि बढ्नु पर्छ र, अब युवाहरुका लागि मैले विशेष योजना ल्याउँदै छु’ भट्टराईले भने ‘व्यावसायिक यात्रामा लाग्न चाहनु हुने युवाहरुका लागि सयौँ योजना र तीनका प्याकेजहरु हामीले बनाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र