रास्वपाका उम्मेदवार न्यौपानेलाई प्रश्नः तपाईँको प्रतिष्ठासँग मतदाताको कुनै साइनो र सरोकार रहन्छ र ?

Devghat Online

शेयर गरौ

माधव सिग्देल, भिमाद नपा–१

अन्यत्रैबाट तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न आउनु भएका श्रीराम न्यौपानेजीले २/४ दिनअघि प्रचार–प्रसारकै सिलसिलामा आयोजित एक कार्यक्रममा लब्धप्रतिष्ठित प्राज्ञ तथा कुटनीतिज्ञ समेतलाई साक्षी राखी भन्नुभएको सुनियो, ‘मलाई अब पैसा कमाउनु छैन, त्यो पुग्यो, अब इज्जत, मान, प्रतिष्ठा कमाउनु छ । त्यसकै लागि राजनीतिमा प्रवेश गरी निर्वाचन लड्न आएको हुँ ।’

भनाइको भाव र सार जस्ताकोतस्तै छ । वाइमात्रा तलमाथि परेको पाउनुभए माफ गरिदिनु होला । निष्ठाको राजनीति जेसुकै नाम र रुपको वैयक्तिक लाभ वा प्राप्तिको विरोधमा हुन्छ । एउटा सच्चा जनप्रतिनिधि विना कुनै लोभ–लालषा जनताको सेवामा सदा समर्पित रहनुपर्ने विश्वास गरिन्छ । जोसुकै जनप्रतिनिधिका निम्ति यो एक न्युनतम आधारभूत योग्यता हो । फगत कुनै व्यक्ति–विशेषका अतृप्त मनोकांक्षा र तुष्टी परिपूर्तिको माध्यम हो र राजनीति ? श्रीरामजीको वैयक्तिक इज्जत, मान, प्रतिष्ठासँग मतदाताको कुनै साइनो र सरोकार रहन्छ र ? के तनहुँ क्षेत्र नम्बर २ का जनता तथा मतदाता श्रीरामजीको महात्वाकांक्षाका निजी कमारा हुन् ?

हो, श्रीरामजी त अगस्ती व्यक्तिगत स्वार्थपुर्तिका लागि निर्वाचनमा आउनुभएको रहेछ जो उहाँको मुखारविन्दबाटै सुन्न पाइयो, ढाँट्नु भएन, यसका निम्ति धन्यवाद ! तर, सिंगो राजनीति र निर्वाचनको गरिमा एवं तनहुँ–२ का सार्वभौम स्वाभिमानी आम जनता र मतदाताको हुर्मत लिने छुट यहाँलाई छैन । एक साक्षर नेपाली नागरिक र सम्बन्धित क्षेत्रको रैथाने बासिन्दा एवं मतदाता हुनुको नाताले महाशयको लज्जास्पद अशोभनीय सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु ! कृपया ती शब्द फिर्ता लिनोस् !! पुरा भनाइको आशय त्यस्तो होइन भने समयमै क्षमायाचनाका लागि गम्भीर ध्यानाकर्षण होस् भन्ने सदिच्छासमेत राख्दछु !!!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक