तनहुँ । फागुन १
नेकपा एमाले भानु नगर कमिटिको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य एकबहादुर रानाको प्रमुख आतिथ्यतामा समपन्न बैठकमा आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, प्रचार–प्रसार रणनीति, घरदैलो अभियानलाई प्रभावकारी बनाउने, तथा मतदातासँग सशक्त समन्वय गर्ने विषयमा विस्तृत छलफल भएको छ ।




नगर कमिटिका अध्यक्ष शंकर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा सहभागी नेताहरूले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै एकता, सक्रियता र अनुशासनका साथ अगाडि बढ्ने निर्णय गरेको बताईएको छ ।

बैठकले घर दैलो अभियान र फागुन ४ गतेदेखी हुने प्रचार प्रसार कार्यक्रमलाई प्रभावकारीता साथ सन्चालन गर्ने निर्णय गरेको अध्यक्ष रानाभाटले बताए ।
















