महाशिवरात्रीमा उम्मेदवार, अधिकांश शिव मन्दिरमा

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३

आइतबार हिन्दु धर्मावलम्बीको महानपर्व महाशिवरात्री । महाशिवरात्रीको अवसरमा भक्तजनहरु शिव मन्दिरमा गएपछि उम्मेदवारहरु पनि मतदातालाई खोज्दै शिव मन्दिरमा पुगेका थिए ।

तनहुँ–१ र २ का अधिकांश उम्मेदवार मतदाता खोज्दै शिव मन्दिरमा पुगे । तनहुँ १ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई, राप्रपाका अभिषेक जोशी तथा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार शंकर भण्डारी तथा रास्वपाका उम्मेदवार श्रीराम न्यौपाने शिव मन्दिरमा पुगेर मतदातालाई भेट गरे ।

रास्वपाका क्षेत्र नम्बर २ का उम्मेदवार श्रीराम न्यौपानेले महाशिवरात्रीमा आफु क्षेत्र नम्बर २ को करिब १ दर्जन शिव मन्दिरमा पुगेको सामाजिक सन्जालमा जानकारी दिए ।

नेकपा एमालेका उम्मेदवारहरु मध्ये क्षेत्र नम्बर १ का भगवती न्यौपाने विहान व्यास ४ मा घरदैलो र दिउँसो पार्टी कार्यालयमा क्षेत्रीय कमिटिको बैठकमा व्यस्त भइन् भने क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देल ऋषिङ गाउँपालिकाको विभिन्न वडामा पुगे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि