गोमा न्यौपाने । देवघाट, फागुन ३
देवघाटधाम जेसिज दुई अवार्डबाट सम्मानित भएको छ । नेपाल जेसीजको आयोजनामा पर्यटकिय नगरी सौराहा स्थित होटल सेभेन स्टारमा फागुन १ र २ गते सम्पन्न भएको कार्यक्रममा देवघाटधाम जेसिज विभिन्न दुईवटा विभिन्न अवार्डबाट सम्मानित भएको हो ।



उक्त अवसरमा देवघाटधाम जेसीजले उत्कृष्ट कार्यसम्पादनका आधारमा द संकल्प कमिटमेन्ट अवार्ड र संकल्प टु सक्सेस अवार्डबाट सम्मानित भएको हो ।

उक्त तालिममा नेपाल जेसीज अन्तर्गतका देशभरका विभिन्न शाखाका अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा देवघाटधाम जेसीजका तर्फबाट वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदी, महासचिव जेसी माधव न्यौपाने तथा कोषाध्यक्ष जेसी रक्षा कार्की सहभागी थिए ।
नेतृत्व विकास, प्रभावकारी व्यवस्थापन, योजना निर्माण तथा संस्थागत सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण उक्त तालिमले पदाधिकारीहरूलाई आफ्नो नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न, संगठनलाई गतिशील बनाउन तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक सीप र दृष्टिकोण प्रदान गरेको देवघाटधाम जेसिजले जनाएको छ ।

देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले उक्त सम्मानहरुले देवघाटधाम जेसीजको सक्रियता, नेतृत्व क्षमता तथा संगठनप्रति समर्पणलाई नेपाल जेसीजले उच्च मूल्याङ्कन गरेको र सो को लागि समग्र देवघाटधाम जेसीज परिवारका बोर्ड पदाधिकारीहरु, सदस्यहरु, संस्थापक अध्यक्ष, अध्यक्षहरु र सरोकारवाला सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै तालिमबाट सिकेका ज्ञान र अनुभवलाई शाखाका सदस्यहरुको नेतृत्व क्षमता विकास तथा सेवामा प्रयोग गर्दै आगामी दिनहरुमा अझ प्रभावकारी कार्य गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।












