देवघाटका विभिन्न स्थानमा मतदाता भेट्न जाँदै रास्वपाका वाग्ले

Devghat Online

शेयर गरौ

देवघाट । फागुन ७

सभापती रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहसँगै सम्बोधन गर्न विहिबार कर्णाली प्रदेशको सुर्खेत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्ले शुक्रबार देवघाट गाउँपालिकाको विभिन्न वडाका मतदातालाई भेट्न पुग्ने भएका छन् ।

सुर्खेतबाट राती नै फर्कने वाग्लेले शुक्रबार बिहान ८ बजे देवघाट गाउँपालिका वडा नम्बर ४ को गाईघाटबाट आफ्नो चुनावी अभियान सुरु गर्ने भएका छन् ।

वाग्ले शुक्रबार देवघाट गाउँपालिका वडा नम्बर ४ को गाईघाट, आमडाडा, दुइघर, चारघरे, सार्बाङ, पालाङ हुँदै बन्दीपुर गाउँपालिकाको सराङघाट हुँदै पुनः देवघाट गाउँपालिका वडा नम्बर ३ को गोन्द्राङ, बाटक, लुङग्रिङ हुँदै छिपछिपे पुग्ने भएका छन् ।

वाग्ले शनिबार बिहान वडा नम्बर ३ को छिपछिपेबाट नरम, ब्यागन तथा जरम हुँदै वडा नम्बर २ को खाल्टे, वडा नम्बर १ को कोटाटार, कालिकाटार, कुवादी हुँदै वडा नम्बर ५ को साँढेबगर तथा साउने हुँदै देवघाट आएर देवघाटका मतदातालाई भेटेर देवघाटको चुनावी यात्रा समापन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय