स्वर्णिम वाग्लेलाई १० देखि १२ हजार भोटले हराउने भट्टराईको दाबी

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ७

तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई १० देखी १२ हजार मतले हराउने दाबी गरेका छन् । आफ्नो चुनावी अभियान निकै उत्साहपुर्ण र प्रभावकारी भएको भन्दै भट्टराईले यसपटक १० देखी १२ हजारको मतातन्तरमा चुनाव जित्ने दाबी गरेका हुन् ।

२०८० मा भएको उपनिर्वाचनमा भट्टराई वाग्लेसँग १४ हजार ७९७ मतान्तरले पराजित भएका थिए । उपनिर्वाचनमा रास्वपाका वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरि बिजयी भएका थिए भने नेपाली काँग्रेसका भट्टराईले २० हजार १२२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका थिए ।

भट्टराईले यसपटकको उपनिर्वाचनको परिणाम उल्ट्याउने दाबी गरे । ‘तनहुँ मेरो माटो हो, म खेलेबढेको ठाउँ हो–तनहुँको माटोको सुगन्ध र तनहुँवासीको स्नेहको नतिजा हामीले २१ फागुनपछि थाहा पाउनेछौँ’ भट्टराईले भने ‘मेरो जित निश्चित भएको अहिले हामीसँग भएका आँकडाले देखाएको छ । यस पटक हामीले कम्तीमा पनि १० देखि १२ हजार मतान्तरले जित निकाल्ने छौँ ।’

अर्थशास्त्रमा पिएचडी गरिरहेका र इमानदार नेताको छवि बनाएका भट्टराईले यसअघि कुनै पदमा नहुँदा पनि ६० भन्दा बढी खानेपानी परियोजनाका काम गरेको श्रेय पाएका छन् । तनहुँका विकट गाउँहरूमा सडक पु¥याउने तथा खानेपानीका योजनामा लामो समय काम गरेकाले उनलाई तनहुँमा कतिपयले ‘पानी मान्छे’ समेत भन्छन् ।

‘विशेषगरी तनहुँ क्षेत्र नम्बर १ मा मतदाताहरूले परिवर्तन चाहनु भएको छ र त्यो परिवर्तन बदलिएको र परिवर्तित कांग्रेसबाट सम्भव हुन्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु ।’ भट्टराईले भने ‘देश समुन्नत बनाउने संकल्पसहित कांग्रेसमा नेतृत्व परिवर्तन भएसँगै देशभर र विशेषगरि तनहुँमा कांग्रेसप्रतिको आस्था र विश्वास थप बढेको मैले पाएको छु ।’
‘मसँग तनहुँका जनतासँग सँगै बसेर खाना खाने, खाजा खाने र सँगसँगै बाटोमा हिँड्नका लागि कुनै समस्या छैन । म यही माटोमा जन्मिएँ, यही माटोमा हुर्किएँ र यही माटोको समुन्नतिलाई मात्र सोचिरहेको छु ।’ भट्टराईले भने ‘त्यसैले म घरघरमा मतदातासम्म पुगेर आफ्ना कुरा राख्दै छु । त्यस्तो विशेष रणनीति बनाएर आफूलाई ग्ल्यामराइज गर्ने पक्षमा म छैन । म जे छु, जस्तो छु, त्यसरी नै तनहुँवासीसँग घुलमिल भएर अगाडि बढ्न चाहन्छु ।’

आफुले डिजिटल माध्यमबाट मतदातासँग सुझाव संकलन गरिरहेको भन्दै उनले अब प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । ‘मलाई तनहुँका झन्डै २० हजार मतदाताले अहिलेसम्म सुझाव दिइसक्नु भएको छ । मेरो डिजिटल टिमले त्यसलाई अध्ययन गर्दै छ, र प्रारम्भिक रूपमा यहाँका मतदाताले यहाँको माटोको विषय उठाउनु भएको छ ।’

भट्टराईले भने ‘कतिपयले मलाई यहाँका विकासका विषयमा आफ्ना माग राख्नु भएको छ । र, सुझाव संकलनमा नै धेरैले मलाई विश्वास दिलाउनु भएको छ–यस पटक उहाँहरूको रोजाइमा यहाँको माटो चिनेको, हिजो गरेको कामलाई आधार बनाएर मलाई मत दिनु हुनेछ । यो हार्दिकताका लागि म उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूले उठाउनु भएका मागलाई लिएर अगाडि बढ्नेछु, मैले उहाँहरूका मागलाई एक एक गरेर पूरा गर्ने विश्वास पनि दिलाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी