घुमाउने पुल निर्माणकोलागि सांसद वाग्लेलाई ज्ञापनपत्र

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २४

बुद्धसिंह मार्ग र घुमाउनेको पुल निर्माणकोलागि प्रतिनिधि सभाका नवनिर्वाचित सांसद स्वर्णिम वाग्लेको धयानाकर्षण गरिएको छ । बुद्धसिंह मार्ग र घुमाउने पुल निर्माणमा दवाव दिन जनस्तरबाट गठित संघर्ष समितिले आइतबार सांसद वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसैवर्ष भित्र पुल निर्माणकोलागि काम थाल्न अनुरोध गरेका थिए ।

संघर्ष समितिले गत फागुन १६ गते शनिबार पुल निर्माण स्थलमा उम्मेदवारहरुको उपस्थितीमा प्रतिबद्धता कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले जतिसक्दो चाँडो पुल निर्माणको काम थाल्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धतापत्रमा २०८२ साल भित्र पुलको डिपिआर निर्माण गरि आर्थिक वर्ष २०८३ मा बजेट छुट्याई निर्माणको काम थाल्ने बुँदा थियो । साथै निर्वाचित सांसदले पुल निर्माणको पहल गर्ने र अन्य राजनीतिक दल र उम्मेदवारले सहयोग गर्ने प्रतिबद्धता पनि उम्मेदवारहरुले गरेका थिए ।
सोही प्रतिबद्धताको स्मरण गराउँदै संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले आगामी वर्षमा बुद्धसिंह मार्ग कालोपत्र र घुमाउनेको पुल सहित सुडे खोला, ढाँड खोला, खानीखोला, बाखेखोला, भुत खोला, बन्दिपुर ६ र देवघाट ३ जोड्ने मोटरेबलपुल र व्यास १४ र देवघाट २ जोड्ने मोटरेबल पुल निर्माणको पहल थाल्न र जिम्मेबारी लिन सांसद वाग्लेको ध्यानाकर्षण गराएका थिए ।

उक्त अवसरमा सांसद वाग्लेले पनि आफुले प्रतिबद्धता गरे झैं आगामी वर्षमा बुद्धसिंह मार्ग र घुमाउने पुल निर्माणको काम थाल्ने बताए । उनले घुमाउने पुल मात्र नभई जिल्लाका अन्य विकास निर्माणका काममा पनि लागिपर्ने बताए । गण्डकी प्रदेशको राजधानी पोखरा र चितवन बिचको कम दुरीमा सजिलै आवत जावत गर्न सकिने तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका वडा नम्बर १ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास १३, व्यास १४, बन्दिपुर ६, आँबुखैरेनी ५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारयणगढ सडकमा जोड्ने घुमाउनेघाटमा पुल निर्माणको लागि २०७१ अषाढमा सडक डिभिजन कार्यालय तनहुँ र हेटौडा स्थित मृत सन्जीवनी निर्माण कम्पनी बिच सम्झौता भएको थियो । ११ बर्ष अगाडी भएको सम्झौता अनुसार १०५ मिटर लम्बाई र फुटपाथ सहित ११ मिटर चौडाई डिजाइनमा रहेको घुमाउने पुल निर्माण कार्य हालसम्म ३० प्रतिशत उल्लेख विवरणमा प्रगति देखिन्छ ।

तनहुँ जिल्लाको कछार मानिने देवघाट गाउँपालिका अन्तर्गत वडा नम्ब्र २, ३ र ४ का जनताहरु समेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड भन्दा करिव २३ किमि कम दुरी पर्दछ । विकासको दृष्टिकोणले, जनताको चाहाना, भावना र आवश्यकताको आधारले पनि यो पुल निर्माण हुन अति जरुरी रहेको हुँदा संघर्ष समितिले चुनावको मुखमा उम्मेदवारहरुको प्रतिबद्धताको ग्यारेन्टी गरेको हो । चुनाव जितेर गएपछि उक्त पुलको निर्माणमा कुनै चासो नलिएपछि संघर्ष समितिले उम्मेदवारहरुलाई प्रतिबद्धतापत्रमा हस्तारक्षर समेत
गराएको हो ।

संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले समेत तत्काल आवश्यक भएकोले अन्य पुल निर्माणमा अव निर्वाचित सांसदको प्रतिबद्धता खोजिएको बताए । यसअघि निर्वाचित भएर गएका सांसदले उक्त सडक र पुलहरुको निर्माणमा चासो नदिएपछि यसपटक चुनाव अघि उम्मेदवारलाई पुल निर्माण स्थलमै ल्याएर लिखित प्रतिबद्धता जनाउन लगाईएको भन्दै गर्जामगरले अव चुनाव जितेपछि काम गर्ने जिम्मेबारी सांसद वाग्लेको भएको बताए ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडाले पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिलेसम्म त्रिशुलीको वारिपारीका फाउन्डेसन मात्र बनेका छन् । अरु काम हुनै सकेको छैन । उक्त पुल निर्माणकोलागि २०८३ असार मसान्तसम्मकोलागि अन्तिम म्याद थपिएको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी