देवघाटबाट एसइइमा २६० जना परीक्षार्थी सहभागी हुने, परीक्षा केन्द्र महेश संस्कृत गुरुकुल

Devghat Online

शेयर गरौ

देवघाट, चैत ४

चैत १९ गतेबाट सुरु हुने एसइइ परीक्षामा देवघाट गाउँपालिकाबाट नियमित र ग्रेड बृद्धि तर्फ गरि २६० जना परीक्षार्थीहरु सहभागी हुने भएछन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार एसइइ परीक्षामा देवघाटबाट नियमित तर्फ २२२ र ग्रेड बृद्धि तर्फ ३८ गरि २६० जना सहभागी हुने भएका हुन् ।

एसइइमा सहभागी हुने देवघाट गाउँपालिका परीक्षार्थीहरुको परीक्षा केन्द्र देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरुकुलमा तोकिएको छ । उक्त परीक्षाकेन्द्रमा देवघाटको १३ र आबुँखैरेनी गाउँपालिकाको १ गरि १४ वटा विद्यालयका परीक्षार्थीहरुले परीक्षा दिनेछन् ।

देवघाटमा रहेका चारवटा संस्कृत गुरुकुलका परीक्षार्थीहरुले पनि उक्त परीक्षाकेन्द्रबाट परीक्षा दिनेछन् । जसमा महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, बेदबेदाङ्ग संस्कृत गुरुकुल र माँ कल्याणी संस्कृत बैदिक कन्या गुरुकुल रहेका छन् । चारवटा गुरुकुलका ४५ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागी हुनेछन् । गुरुकुल तर्फ सबैभन्दा बढि परमानन्द गुरुकुलका १७ जना र सबैभन्दा कम माँ कल्याणी बैदिक कन्या गुरुकुलका ५ जना परीक्षार्थी रहेका छन् । त्यस्तै महेश संस्कृत गुरुकुलका ११ र बेदबेदाङ्गका १२ जना रहेका छन् ।

त्यसबाहेक देवघाटका अन्य सामुदायीक विद्यालयहरु वडा नम्बर १ को पार्वती मावि कोटा, वडा नम्बर २ को आर्दश शिक्षा मावि खाल्टे, कालीगंगा मावि बैदी,, वडा नम्बर ३ को भृकुटी मावि सराङघाट र बालकेश मावि छिपछिपे, वडा नम्बर ४ को राष्ट्रिय मावि काफलडाँडा तथा वडा नम्बर ५ को कालिका मावि देवघाट, बज्रयोगिनी मावि देवघाट र सिद्ध महाकाली मावि देवघाट र आबुँखैरेनी गाउँपालिका ५ को लक्ष्मी मावि प्युघरका परीक्षार्थीहरु परीक्षामा सहभागी हुनेभएका छन् ।

सामुदायिक विद्यालय तर्फ सबैभन्दा धेरै परीक्षार्थी भृकुटी मावि र बज्रयोगिनी माविका रहेका छन् । उक्त दुई विद्यालयबाट ३२÷३२ जना परीक्षार्थी रहेका छन् । सबैभन्दा कम सिद्ध माहाकाली माविका ११ जना परीक्षार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास