बजार अनुगमनको क्रममा ग्यास डिपो र केही पसल कारबाहीको दायरामा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ९

व्यास नगरपालिकाले बजार अनुगमन तीव्र बनाउँदै ग्यास डिपो र खाद्य पसलमा अनियमितता फेला पारेको छ । उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा गठित बजार अनुगमन समितिले वडा नम्बर ४ मा रहेको ग्यास डिपो तथा व्यास नपा–२ का केही पसलहरूको अनुगमन गर्दा कम तौल र म्याद गुज्रिएका सामान भेटिएका हुन् ।

अनुगमनका क्रममा दमौली ग्यास बिक्री केन्द्र, भानु ग्यास, नेपाल ग्यास र जानकी ग्यासमा तोकिएको भन्दा १८० ग्रामसम्म कम तौल पाइएको तथा व्यास–४ स्थित शुभलक्ष्मी सप्लायर्सले बिक्री गर्दै आएको बाबा ग्यासमा पनि ८० ग्राम कम तौल भेटिएको अनुगमन टोलीले जनाएको छ ।

त्यसैगरी, व्यास नपा–२ स्थित फेमिली स्टोर्समा फेन्टा पेय पदार्थ र कोकोनट बिस्कुट म्याद नाघेको अवस्थामा बिक्रीका लागि राखिएको भेटिएको छ । सिद्धार्थ होटल र सेन्टर प्वाइन्ट मम रेष्टुरेन्टमा समेत अनुगमन गरिएको थियो। अनुगमन समितिका संयोजक दरैले उपभोक्ता ठगी सह्य नहुने भन्दै व्यवसायीलाई नियमअनुसार व्यापार गर्न कडाइका साथ निर्देशन दिएकी छन् ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरीप्रसाद रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी ज्योति आचार्य, उद्योग वाणिज्य संघका प्रतिनिधि शेषराज श्रेष्ठ, वडा अध्यक्षहरू काशीराम श्रेष्ठ र अनुप राना, सदस्य सचिव रामचन्द्र हड्खले तथा प्रशासन सहायक विन्दु पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले