अध्यक्ष ओली र काँग्रेस नेता लेखकको पक्राउको विरोधमा एमाले तनहुँले आन्दोलन गर्ने, शनिबार साँझ दमौलीमा मसाल जुलुस प्रर्दशन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १४

नेकपा एमाले तनहुँले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओेली र नेपाली काँग्रेसका नेता एवं पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको विरोधमा आन्दोलन गर्ने भएको छ । एमाले जिल्ला कमिटि तनहुँले शनिबार विज्ञप्ति प्रकाशित गरि अध्यक्ष ओली र काँग्रेस नेता लेखकलाई अबिलम्ब रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

‘२०८२ भाद्र २३ र २४ गतेको घटनाको छानविन गर्न गैह्रसंवैधानिक शुशिला कार्की सरकारद्वारा गौरी वहादुर कार्कीको अध्यक्षतामा गठित छानविन आयोगको पुर्वाग्रही र अपुरो प्रतिवेदनको सिफारिशलाई आधार बनाएर यहि चैत्र १३ गते गठन भएको बालेन्द्र शाहको सरकारले अमर्यादित र प्रतिशोधपुर्ण ढङ्गवाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका नेता एवं पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपुर्ण, अमानवीय, ग्रैहन्यायिक र स्वेच्छाचारी गिरफतार गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘यस गिरफतारीको घटनालाई लाई नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्र र कानुन माथिको नाङ्गो प्रहार भएको ठहर गर्दै घोर निन्दा र भत्र्सना गर्दछ ।’

मुलुकलाई द्वन्द्वको भुमरीमा जानबाट बचाउन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली र नेपाली काग्रेंसका नेता एवं पुर्व गृहमन्त्री लेखकलाई विना शर्त अविलम्व रिहाई गर्न एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ ।
यदि ओली र लेखकलाई तत्काल रिहाई नगरे कडा आन्दोलनको कदम चाल्ने जानकारी गराउँदै एमालेले त्यसवाट उत्पन्न हुने परिणामको सम्पुर्ण जिम्मेवार वालेन सरकार हुने पनि जानकारी गराएकोे छ । साथै यस घटनामा केन्द्रित रहि पार्टी केन्द्रिय सचिवालयको बैठक बसी विभिन्न विरोधको कार्यक्रमहरु सन्चालन गर्नका निम्ति मातहतका कमिटीहरुलाई निर्देशन गरेको दिएको भन्दै एमालेले उक्त निर्देशन अनुसारका कार्यक्रम सन्चालन गर्न मातहतका कमिटी एवं जनसंगठनलाई निर्देशन गरेको छ ।

अध्यक्ष ओलीको पक्राउको विरोधमा एमालेले चैत १४ गते साँझ दमौलीमा मसाल जुलुस प्रर्दशन ग¥यो । पार्टी कार्यालय दमौलीबाट निकालिएको मसाल जुलुस सफासडकमा पुग्दा प्रहरीसँग धकेलाधकेल भएको थियो । मसाल जुलुसमा अध्यक्ष ओली र लेखकलाई रिहा गर्न तथा सरकार विरोधी नारा लगाईएको थियो । यसैगरि नेकपा एमालेले चैत १५ गते आइतबार दिनको १ वजे पार्टी जिल्ला कमिटीको आयोजनामा जुलुस सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक