मगर संघको जिल्ला समितिमा निर्वाचित सदस्यलाई देवघाटमा सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । चैत १७

नेपाल मगर संघ देवघाट गाउँ समितिले नेपाल मगर संघको जिल्ला समितिमा देवघाट गाउँ पालिकाबाट निर्वाचित भएका जिल्ला सदस्यहरुलाई सम्मान गरेको छ । मंगलबार देवघाटमा आयोजित कार्यक्रममा नेपाल मगर संघको जिल्ला समितिमा निर्वाचित भएका उमेश आले गमर र अमर फेवाली मगरलाई नेपाल मगर संघ देवघाटका अध्यक्ष खड्ग पामी आले मगरले सम्मान गरेका थिए ।

सो कार्यक्रममा नेपाल मगर संघ देवघाट गाउँ समितिका अध्यक्ष अध्यक्ष खड्ग पापी आलेको मगर जातीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । प्रतक्ष्य देखिने कार्यक्रम अहिलेसम्म गर्न नसके पनि अबको समयमा कामहरु गर्ने आलेले बताए । देवघाट गाउँपालिकाको साईनबोर्डमा मगर लिपि मगर भाषाबाट लेखिने र गाउँपालिकाको काम कामकाजमा मगर भाषालाई अगाडि बढाउन पहल गर्ने बताए ।

सो कार्यक्रममा नेपाल मगर संघका जिल्ला सदस्य उमेश आलेले मगर जातिलाई अगाडि बढाउन विभिन्न क्रियाकलाप गरि अघि बढ्न पर्ने आलेले बताए । अर्का जिल्ला सदस्य अमर फेवाली मगरले मगर जातिलाई हरेक कुरामा सक्रिय गर्दै लैजान सबै मगरहरु एकजुट हुनुपर्ने बताए । आफु जिल्ला सदस्य भएकोले अव मगर भाषाको संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाए ।

नेपाल मगर संघ देवघाट गाउँकमिटिका अध्यक्ष खड्ग आले मगरेको अध्यक्षतामा भएको सो कार्यक्रमको संघका सहसचिव विष्णु मगरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो