अबैध लागु औषध सहित दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

तनहुँमा अबैध लागु औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला गोरखा गोरखा नगरपालिका–१० बाह्रकिलो बस्ने वर्ष २७ को आमोस तामाङ र आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने वर्ष ३० को प्रितम थापा रहेका छन् ।

सोमबार साँझ आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा खटिएको प्रहरीले टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा डुम्रे तर्फबाट आँबुखैरेनी तर्फ पैदल आउदै गरेकाका तामाङको साथबाट नियन्त्रित लागु औषध डाइजोपाम १ एम्पुल, फेनेग्राम १ एम्पुल, बुप्रेनोफिन १ एम्पुल गरी जम्मा ३ एम्पुल लागु औषध बरामद गरिएको छ ।

त्यस्तै थापाले लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध ट्रामाडोल १७० पत्तामा जम्मा १७०० क्याप्सुल र डाइजोपाम १० एम्पुल, फेनेग्रान–१० एम्पुल र बुप्रेनोफिन १० एम्पुल गरी जम्मा ३० एम्पुल लागु औषध सहित पक्राउ परेका थिए । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो