शुक्लागन्डकी नपा र बेलका नपाविच असल अभ्यास आदानप्रदान तथा अनुभव साटासाट

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

तनहुँको शुक्लागन्डकी नगरपालिका र उदयपुरको बेलका नगरपालिका विच असल अभ्यास आदानप्रदान र अनुभव साटासाट कार्यक्रम सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा मंगलबार दुई नगरपालिकाका विच अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा दुई नगरपालिकाले सम्पादन गरेका असल कामहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि भौतिक पूर्वाधार सुदृढीकरणसँगै जनप्रतिनिधिहरूमा कर्तव्यबोध आवश्यक रहेको बताए । ‘हामी शासक बन्न होइन, जनताको सेवा गर्न आएका हौं भन्ने बुझाइ स्थापित हुनुपर्छ’ नगरप्रमुख पण्डितले भने ‘कमीकमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ ।’

नगरपालिकाका उपप्रमुख खुम बहादुर विकले महिला, दलित र सामाजिक रूपमा पछाडि परेका समूहलाई समान अवसर प्रदान गर्ने उद्देश्यले नगरभित्र जोडी सचेतना कार्यक्रम सञ्चालन र न्यायिक समितिले गरिरहेका अभ्यासबारे चर्चा गरेका थिए । यसले समुदायमा समानता, न्याय र सामाजिक मेलमिलाप प्रवद्र्धन गर्न मद्दत पुगेको उल्लेख गरियो ।

नगरप्रमुख पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले शुक्लागन्डकी नगरपालिकाले सम्पादन गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । पौडेलले ‘तोक दर्ता’, चलानी प्रणाली, फाइल वर्गीकरण लगायतका व्यवस्थाहरूको माध्यमबाट सेवा प्रवाह छिटो, पारदर्शी र व्यवस्थित बनाउन भएका प्रयासहरू प्रस्तुत गरे ।

शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिले गरेका काम र अभ्यासबारे न्यायिक सहजकर्ता चेत नारायण पौडेलले जानकारी गराएका थिए । उनले औपचारिक प्रक्रियामा निर्णय लिनुपर्ने अवस्थाहरू आउने भएपनि ८० प्रतिशत विवाद मेलमिलापमार्फत समाधान भएको, बाँकी मामिला न्यायिक समितिले निर्णय गर्ने र आवश्यक परे अदालतमा पठाउने अभ्यास भइरहेको बताए ।

बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले शुक्लागण्डकी नगरपालिकाका विभिन्न कार्यक्रम र अभ्यासबाट आफूले धेरै सिकेको कुरा साझा गर्दै, यस्ता आदानप्रदान कार्यक्रमले भविष्यमा आफ्नै नगरपालिकामा पनि सेवा सुधार र स्थानीय विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । उक्त नगरपालिकाकी महिला वालवालिका शाखा प्रमुख ज्योति प्रिति राईले यस्ता आदानप्रदान कार्यक्रमले स्थानीय तहहरूबीच अनुभव साटासाट, सिकाइ र कार्यसम्पादनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

सो कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल सहित दुवै नगरपालिकाका विभिन्न शाखा प्रमुख, मेलमिलापकर्ता तथा कार्यपालिका सदस्यहरूको उपस्थिति उल्लेखनीय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण