काठमाडौं । चैत २९
चार ठाउँमा घर, २२ रोपनी जग्गा र करोडौं रुपैयाँ बैंक व्यालेन्स र शेयर



प्रधानमन्त्री बालेन्द्र शाह सहित सबै मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजानिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रधानमन्त्री शाह सहित सबै मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजानिक गरेको हो ।
सम्पत्ती विवरण अनुसार तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विभिन्न चार स्थानमा घर÷अर्पामेन्ट, २२ रोपनी जग्गा, करोडौं रुपैयाँ बैंक ब्यालेन्स र शेयर रकम रहेको छ ।
मन्त्री वाग्लेले सार्वजानिक गरेको आफ्नो सम्पत्ती विवरणमा उनको ललितपुर सानेपामा २ करोड मुल्यको १२८४ स्क्वाएरफुटको अपार्टमेन्ट, ललितपुरकै भैसेपाटीमा ४ आना ३ पैसा क्षेत्रफलको जग्गामा बनेको ५ करोड मुल्यको घर, काभ्रेको धुलिखेलमा ९ आना क्षेत्रफलको जग्गामा बनेको ३ करोड ७५ लाख मुल्यको अपार्टमेन्ट तथा तनहुँको बन्दीपुरमा हालसालै खरिद गरिएको ३ आना ३ पैसाको क्षेत्रफलमा बनेको २ करोड मुल्यको घर रहेको छ । उक्त घरहरु बैंक ऋण तथा व्यक्तिगत सापटी, अन्तराष्ट्रिय संस्थामा काम गर्दाको पारिश्रामिकबाट खरिद गरेको जनाएका छन् ।
त्यस्तै मन्त्री वाग्ले र उनका दाई जिवनराज वाग्लेको नाममा काठमाडौं, गोरखा, चितवन र तनहुँको भानु नपामा गरि २२ रोपनी जग्गा रहेको छ । उक्त जग्गाको मुल्य १ करोड १३ लाख भन्दा बढि परेको मन्त्री वाग्लेले खुलाएका छन् । उनको ४५ तोला सुन समेत रहेको छ ।
त्यसैगरि मन्त्री वाग्लेको नाममा हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्टर्ड चार्टड बैंकमा १ करोड ९० लाख रुपैयाँ बचत रहेको छ । त्यसैगरि शेयर तर्फ मन्त्री वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर शेयर, नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख ठुलो खोला हाइड्रोमा ६० लाख, अपर मादी खोला हाइड्रोमा ३ करोड रुपैयाँको शेयर रहेको छ । उनको साथमा एउटा नीजि गाडी पनि रहेको छ ।
त्यस्तै मन्त्री वाग्लेको नाममा ग्लोबल आइएमइ बैंकमा १ करोड ५ लाख ऋण तथा २ करोड ५० लाख व्यक्तिगत सापटी एवं ऋण तिर्न बाँकी रहेको सम्पत्ती विवरणमा खुलाईएको छ ।












