घरमै राहदानी वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ५

तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले राहदानी लिनका लागि घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीको घर घरमै पुगेर राहदानी वितरण सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा सेवाग्राहीको दैलोमै राहदानी पु¥याउने व्यवस्था मिलाएको छ ।

नेपाल सरकारले सार्वजनिक हालै जारी गरेको शासकीय सुधारका १०० बुँदे कार्यसूची अनुरूप ‘घरमै राहदानी उपलब्ध गराउने’ घोषणालाई कार्यान्वयन गर्दै जिल्लामा यस सेवाको सुरुवात गरिएको हो । सेवाको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउने सरकारको नीति अनुसार यो सेवा सुरु गरेको बताए । अब हुलाक कार्यालयमार्फत सेवाग्राहीलाई घरमै राहदानी उपलब्ध गराउने कार्यले निरन्तरता पाउने प्रजिअ तिवारीले बताए ।

राहदानीका लागि आवेदन दिने बेला नै सेवाग्राहीलाई कार्यालयमा आएर लिने वा घरमै मगाउने भन्ने विकल्प सोधिन्छ । घरमै सेवा लिन चाहनेहरूका लागि हुलाक कार्यालयमार्फत यो सुविधा उपलब्ध गराइने छ । जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरीष उपाध्यायले अभियानको पहिलो दिन चार जना सेवाग्राहीलाई घरमै पुगेर राहदानी प्रदान गरिएको जानकारी दिए ।

इस अभियान अन्तर्गत शुक्रबार व्यास नगरपालिका–५, साँगे बरबोटेकी समीक्षा ओझालाई प्रजिअ तिवारी, सहायक प्रजिअ दीपक रेग्मी र हुलाक प्रमुख उपाध्यायले घरमै पुगेर राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरेका थिए । राहदानी प्राप्त गरेपछि समीक्षाले १५ दिनमै बिना झन्झट घरमै सेवा पाउँदा निकै खुसी लागेको बताइन् ।

सहायक प्रजिअ दीपक रेग्मीले प्रशासनको यो कदमले नागरिकको समय र आर्थिक स्रोतको बचत गर्ने र सरकारी सेवाप्रति नागरिकको सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे । जिल्ला प्रशासन कार्यालयले यसअघि सदरमुकाममै धाउनुपर्ने, दिनभर लाइन बस्नुपर्ने र गाडी भाडा खर्च गर्नुपर्ने समस्यालाई यस सेवाले पूर्णरूपमा अन्त्य गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता