पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख २४

पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता भएको हो । अख्तियारले सोही मुद्दामा पूर्व सचिवहरु शंकर अधिकारी, केबल भण्डारी, सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दावी गरेको छ ।

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित ४ पूर्व सचिवहरुबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा प्रदेश प्रमुख भट्टको अवलोकन भ्रमण, पर्यटन सम्भावनाबारे छलफल

तनहुँ । बैशाख २३ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार पर्यटकीय नगरी बन्दीपुरको अवलोकन