भानुका रानाभाटलाई लायन्स क्लवद्वरा ह्विल चेयर प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १०

जिल्ला भानु नपा–४ निवासी अपाङ्गता भएका मुरली रानाभाटलाई लायन्स कल्ब अफ काठमाडौ सिद्धार्थ गौतम बुद्धले ह्विल चेयरउपलब्ध गराएको छ ।

क्लवका अध्यक्ष शंकर रानाभाटले आइतबार रानाभाटलाई उनकै निवासमा गएर उक्त ह्विल चेयर उपलब्ध गराएका थिए ।

अपाङ्गता भएका रानाभाट हिडडुल गर्न नसक्ने भएकोले उनलाई क्लवको तर्फबाट ह्विल चेयर उपलब्ध गराईएको भानु जन्मस्थल विकास समितिका पुर्व कार्यकारी निर्देशक समेत रहेका लायन्स कल्ब अफ काठमाडौ सिद्धार्थ गौतम बुद्धका अध्यक्ष रानाभाटले बताए ।

ह्विलचियर प्राप्त गरेपछि खुसी व्यक्त गर्दै रानाभाटले आर्थिक अभावले गर्दा ह्विलचियर किन्न नसक्दा ओछ्यानमै थुनिएर बस्नुपरेको भन्दै क्लवले घरमै आएर ह्विलचियर दिँदा नयाँ जीवन पाएको जस्तो लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता