सांसद न्यौपानेद्वारा अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १०

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले भिमाद नगरपालिका–४ सियालेका अपाङ्गता भएका नागरिक कर्णबहादुर कुमाललाई ह्विलचियर प्रदान गरेका छन् । सांसद न्यौपानेले आइतबार कुमालको घरमै पुगेर ह्विल चेयर उपलब्ध गराएका हुन् ।

सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत पहिलो पहिलो महिनाको पारिश्रामिक अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर प्रदान गरिएको सांसद न्यौपानेले बताए । आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्रसेवा र जनताको हितका लागि आएको बताउँदै सांसद न्यौपानेले राज्यकोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोग हस्तान्तरण गरिएको स्पष्ट पारे ।

ह्विलचियर प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कुमालले आर्थिक अभावले गर्दा ह्विलचियर किन्न नसक्दा ओछ्यानमै थुनिएर बस्नुपरेको भन्दै सांसद आफैँ घरमै आएर ह्विलचियर दिँदा नयाँ जीवन पाएको जस्तो लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ