जगतगुरु शंकराचार्य देवघाट आउने

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १२

नेपालको धार्मिक यात्रामा आएका भारतको शारदापीठका पीठाधिश्वर जगतगुरु शंकराचार्य श्री बिधुशेखर भारती देवघाट आउने भएका छन् ।

दक्षिण एसियाकै प्रतितिष्ठत आध्यात्मिक व्यक्तित्व मध्येका एक मानिने जगतगुरु शंकराचार्य यही जेठ १४ गते देवघाट आउने भएका हुन् । देवघाटमा उनको स्वागतकोलागि भव्य तयारी गरिएको छ । शंकराचार्यले देवघाट स्थित हरिहर आश्रममा आयोजित कार्यक्रममा प्रवचन दिने भएका छन् ।

जेठ ८ गतेदेखी १५ गतेसम्म नेपालको धार्मिक विजययात्रामा आएका शंकराचार्यको देवघाट भ्रमण पछि देवघाटमा भारतीय पर्यटकहरुको संख्यामा बृद्धि हुने र त्यसले देवघाटधामको धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।

शंकराचार्य नेपाल भ्रमणको क्रममा काठमाडौ ओर्लिदा उनलाई स्वागत गर्न देवघाटका विभिन्न आश्रमका पिठाधिशहरु त्रिभुवन विमानस्थलमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता