नेपाल मगर संघको केन्द्रीय उपमहासचिवमा तनहुँका सिद्धान्त

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १२

नेपाल मगर संघको केन्द्रीय उमहासचिवमा तनहुँका शिद्धान्त गर्जामगर निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न नेपाल मगर संघ केन्द्रीय समितिको १३ औँ महाधिवेशनबाट तनहुँका सिद्धान्त उपमहासचिव पदमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि सिद्धान्तले प्रतिकूल वातावरण र तीव्र प्रतिस्पर्धाका बीच पनि आफूलाई पवित्र मनले अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण प्रतिनिधि तथा मतदाताहरूप्रति सर्वोच्च सम्मान र आभार प्रकट गरे । उनले मगर समुदायको साझा हित, अधिकार र संस्थाको गरिमालाई अझ उच्च बनाउन आफू सधैँ प्रतिबद्ध रहने बताए ।

सिद्धान्त लामो समयदेखी मगर समुदायको हक हित सँगै समग्र आदिवासी जनजातीको हकहितमा लागि रहेका छन् । उनी मगर संघ तनहुँ र मगर संघ गण्डकी प्रदेशको अध्यक्ष समेत भईसकेका छन् । उनी हाल नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदको बरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ