सफासडकमा पार्किङ निषेध गरेको विरोधमा व्यवसायीहरु आन्दोलित, निर्णय फिर्ता गर्न माग

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १०

व्यास नगरपालिकाले दमौली बजारको सफासडकमा पार्किङ निषेध गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । सफासडकका व्यवसायीहरुले आइतबार बिहानैबाट आफ्नो पसल बन्द गरि सफासडकमा यातयात प्रवेशमा अवरोध समेत गरेका थिए । सफासडकमा पार्किङ निषेध गरिँदा त्यस क्षेत्रको व्यवसायमा असर पर्ने भन्दै व्यवसायीहरुले निर्णय फिर्ता लिन माग गरेका थिए ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा व्यास नगर क्षेत्रको ट्राफिक व्यवस्थापन एवं वजार सुरक्षा सम्बन्धमा गत जेठ ५ गते व्यास नगरपालिका सभा कक्षमा भएको वैठकमा दमौलीको ट्राफिक व्यवस्थापन सम्बन्धि विभिन्न निर्णयहरु भएको थियो ।

उक्त बैठकले व्यास नगरपालिका वडा नम्बर २, ३ र ४ को सिमानावाट काठमाडांै–पोखराको पृथ्वी राजमार्ग पुनः निर्माण भई सर्भिस लेन समेतको निर्माण व्यवस्थापन मिलाउने, सफा सडक समेतको पार्किङ व्यवस्थापन गर्ने समेतका लागि जेठ १० गते देखि लागु हुने गरि १५ दिनसम्म परिक्षणका लागि सफा सडकमा दुई तर्फि वाटो चालु हुने हुदाँ सवै सवारी साधनको पार्किङ निषेध गर्ने तथा विकल्पमा शाखा सडक, चोक. नगरपालिकाको पार्किङ ग्राउण्ड, अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङ पव्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

उक्त वैठकमा व्यास नगर उप–प्रमुख, तनहुँका प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँ प्रमुख. वडा नम्बर २, ३ र ४ का वडाध्यक्षहरु, उद्योग वाणिज्य संघका प्रतिनिधी, पृथ्वी राजमार्ग पूर्वी सडक आयोजना प्रतिनिधी, पृथ्वी राजमार्ग यातायात व्यवसायी समितिको प्रतिनिधी, स्थानीय यातायात व्यवसायी प्रतिनिधी, व्यास भूमि यातायात व्यवसायी प्रतिनिधी, अटो व्यवसायी समितिको प्रतिनिधी, पत्रकार लगाएतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

यसैविच सफासडक क्षेत्रमा पार्किङ निषेध गरिएपछि आन्दोलनमा उत्रिएका व्यवसायी र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेविच आइतबार नगरप्रमुखको कार्यकक्षमा छलफल भयो । उक्त छलफलमा सफासडकमा पार्किङ निषेध गरिँदा ग्राहकको आवत जावतमा समस्या भई त्यस क्षेत्रको व्यवसायमा ठुलो असर पर्ने हुँदा निर्णय पुर्नविचार गर्नुपर्ने माग गरेका थिए । उक्त छलफल सकारात्मक भएको र सोमबार पुनः छलफल गर्ने सहमती भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक