देवघाट । जेठ १६
पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको लागि विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी दुईदिने मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।



कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक युवराज पौडेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरे र पाठ्यक्रम अधिकृत कुमार घिमिरेले प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा बागमती र गण्डकी प्रदेश अन्तर्गतका गुरुकुलका प्रतिनिधि तथा अध्यापक÷अध्यापिकाहरुको सहभागिता रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न हुनेछ ।












