म्याग्दे र गुल्मीको चन्द्रकोट गाउँपालिकाविच असल अभ्यास सम्बन्धि अनुभव आदान प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १८

तनहुँको म्याग्दे गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिका विच पालिकाको असल अभ्यास सम्बन्धि अनुभव आदान प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीको नेतृत्वमा आएको टोलीले सोमबार म्याग्दे गाउँपालिकामा गई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतसँग भेट गरेको थियो ।

उक्त भेटमा दुई पालिकाले स्थानीय सरकार सन्चालनको क्रममा अपनाएको असल अभ्यासको बारेमा छलफल भएको थियो । साथै आगामी दिनमा दुई स्थानीय सरकारको विचमा हुनसक्ने सहकार्यको आधार, सेवा प्रवाह तथा सुशासनमा सुधारका उपायहरुको बारेमा पनि छलफल भएको बताईएको छ ।

उक्त छलफलमा स्थानीय शासन सञ्चालनका सफल अभ्यास, नवप्रवर्तन, सेवा प्रवाह सुधारका उपाय तथा विकास व्यवस्थापन सम्बन्धी अनुभवहरू साझा गरी एकअर्काबाट सिक्ने, क्षमता अभिवृद्धि गर्ने र स्थानीय सरकारबीच सहकार्य सुदृढ गर्ने बारेमा पनि छलफल भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त भेटमा चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी सहित जनप्रतिनिधि र कर्मचारीको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको