तनहुँ । जेठ २०
आफ्नै १२ बर्षीया छोरी बलात्कार गर्ने एक बाबुलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । ६४ बर्षीय आरोपितले आफ्नै १२ बर्षीया नावालक छोरीलाई गत जेठ ९ गते राती घरमै बलात्कार गरेको भनि बुधबार उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




पक्राउ गरिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपककुमार कार्कीले जानकारी दिए ।












