भिरबाट खसेर किशोरको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २१

भिरबाट खसेर एक शुक्लागण्डकी नगरपालिकामा एक किशोरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७, भोटेपानी बस्ने १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीका अनुसार बुधबार राति अन्दाजी ११ः३० बजे शुक्लागण्डकी नगरपालिका–५, झरौटास्थित केही व्यक्तिहरूसँग मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा राना पिसाब फेर्न भनी निस्किएका थिए ।

सोही क्रममा उनी जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पछाडि रहेको झरौटा खोला सँगैको सिसौघारी भिरबाट करिब ९० मिटर तल खसेका थिए । भिरबाट खसेर गम्भिर घाइते भएका रानालाई घटनास्थलबाट तत्कालै उद्धार गरी राति १२ः२० बजे उपचारका लागि जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएको थियो ।

अस्पताल ल्याएलगत्तै उपचारकै क्रममा राति १२ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान