रास्वपाको जिल्ला अधिवेशन आइतबार, सभापतीमा बास्तोला र न्यौपानेको उम्मेदबारी

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २३

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको प्रथम जिल्ला अधिवशेन आइतबार दमौली स्थित दमौली सभाहलमा हुने भएको छ । जिल्लाका १० पालिका मध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न गरिसकेको रास्वपाको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

रास्वपाको जिल्ला सभापतीमा विश्वनाथ बास्तोला र डा.शेषरमण न्यौपानेले उम्मेदबारी दिएका छन् । निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेसम्म उम्मेदबारी दर्ता गरिसक्नुपर्ने समयावधि थियो । उक्त अवधिसम्म बास्तोला र न्यौपानेले सभापतीमा उम्मेदबारी दिएका छन् ।

बास्तोला रास्वपाको वर्तमान सभापती पनि हुन् । उनको नेतृत्मवा रास्वपाले तनहुँमा अभुतपुर्व सफलता प्राप्त गरेको भन्दै अधिकांश नेता तथा कार्यकर्ताले पुनः एक पटक बास्तोलालाई नै सभापतीमा दोहो¥याउनुपर्ने बताएका छन् । डा.न्यौपाने केन्द्रीय विभागका सदस्य हुन् ।

यसैगरि एक उपसभापतीकोलागि विष्णुबहादुर पन्त, पदमराज न्यौपाने र किसान प्रधानको उम्मेदबारी परेको छ । सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत भएका छन् । त्यस्तै सहसचिवकोलागि पदमबहादुर सुनार, सागर अधिकारी क्षेत्री र दुर्गाकुमार श्रेष्ठले उम्मेदबारी दिएका छन् ।

त्यस्तै जिल्ला सदस्यको लागि सीता विक, अम्विका वाग्ले, सीता अधिकारी, अन्जु दाहाल, शशी रुपाखेती, हरिकुमार श्रेष्ठ, केशबहादुर थापा, चिरञ्जिवी सापकोटा, महमत सतार मियाँ, विरेन्द्र भण्डारीले उम्मेदबार दिएका छन् ।

यस्तै क्षेत्र नम्बर १ को संयोजकमा विश्वराज न्यौपाने, बासु पन्त र जगराम गुरुङले उम्मेदबारी दिएका छन् । त्यस्तै क्षेत्र नम्बर १ को उपसंयोजकमा सुर्यबहादुर क्षेत्री, सचिवमा बिरसुब्बा गुरुङ तथा सदस्यहरुमा बलबहादुर विक र रन्जित आलेको उम्मेदबारी परेको छ । उपसंयोजक, सचिव र सदस्यहरु निर्विरोध चयन भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ को संयोजकमा सुन्दर बस्याल निर्बिरोध भएका छन् । त्यस्तै सोही क्षेत्रको उपसंयोजकमा सम्झना सुवेदी र सदस्यहरुमा भरतकुमार श्रेष्ठ र सुनीता परियारले उम्मेदबारी दिएका छन् । उनीहरु पनि निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता